ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लनटेनिसको उपाधि प्रनभ र कमललाई


admin
१ चैत्र २०७४, बिहिबार   ३ : ४६   बजे

काठमाडौँ, १ चैत । दशौँ सहवीर स्मृति खुला लनटेनिस प्रतियोगिताअन्तर्गत पुरुष युगलतर्फको उपाधि त्रिभुवन आर्मी क्लबका प्रनभ खनाल र नेपाल पुलिस क्लबका कमल भण्डारीको जोडीले जितेको छ ।

सशस्त्र प्रहरी बल नेपाल केन्द्र्रीय खेलकूद समितिको आयोजनामा भएको उक्त प्र्रतियोगिताको फाइनलमा प्रनभ र कमलको जोडीले ललितपुरका सन्तोष खत्री र जितेन्द्र परियारको जोडीलाई ४–६, ६–४ र १०–५ ले पराजित गर्नुभएको हो ।

यसैगरी लनटेनिस प्रतियोगिताअन्तर्गतकै इन्टर गभर्मेन्टल सर्भिस इभेन्टको पुरुष एकलतर्फको उपाधि एपिएफका सुरजकुमार श्रेष्ठले हात पारेका छन् । उनले त्रिभुवन आर्मी क्लबका उत्तम बोगटीलाई ६–३ र ७–५ अंकले पराजित गरेका हुन् ।

यस्तै ३५ वर्षमाथि भेन्ट्रान्स युगलतर्फको फाइनलमा काठमाडौँका महेश श्रेष्ठ र छेवाङ लामाको जोडीले काठमाडौँकै विमल गुरुङ र राजु क्षेत्रीको जोडीलाई ७–५ र ६–० ले पराजित गरी उपाधि जिते ।

त्यस्तै ४५ वर्षमाथि भेन्ट्रान्स युगलतर्फको खेलमा काठमाडौँका सुवर्ण ढाक्वा र कृष्णराज घलेको जोडीले काठमाडौँकै राजु क्षेत्री र शिवप्रसाद सेढार्इंको जोडीलाई ६–३ र ६–३ अंकले पराजित गरी उपाधि हात पारे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

८ दलको ‘अग्रगामी मोर्चा’ घोषणा, संघीयता र पहिचानको एजेन्डामा साझा अभियान[पूर्णपाठ]

‘सरकारमा कोही एक्लो छैन, हामी सबै साथमा छौँ’ : प्रधानमन्त्री बालेनलाई रास्वपाका नेता मनीष झाको जबाफ

सम्बन्धित

सृजना सेकेन्डरी स्कुलमा अन्तर सदनात्मक बुद्धिचाल प्रतियोगिता सम्पन्न

आगोको धुवाँबीच ‘पदक राजनीति’? संकटकै बेला गण्डकी खेलकुद परिषद्को विवादास्पद निर्णय

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu