ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कैलाली घटनाका अभियुक्त सार्वजनिक


admin
१ चैत्र २०७४, बिहिबार   ५ : ५४   बजे

कैलाली, १ चैत। जिल्ला प्रहरी कार्यालय कैलालीले बोक्सी आरोप लगाई कुटपिटमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुलाई आज सार्वजनिक गरेको छ ।

कैलाली, घोडाघोडी नगरपालिका–५ देउकलिया गाउँकी राधा चौधरीलाई गत फागुन २४ गते बोक्सीको आरोपमा निर्घात कुटपिट गरेको अभियोगमा पक्राउ परेका सोही ठाउँका २३ वर्षीय भोलेबाबा भनिने रामबहादुर चौधरी र उनलाई सघाउने किस्मती चौधरी र स्मारिका चौधरीलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

घटनामा मतियारका रुपमा संलग्न सोही ठाउँका वेदप्रसाद चौधरी, चनकला चौधरी र सीतारानी चौधरीसमेतलाई पक्राउ गरी कानूनी कारवाही प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । अभियुक्तलाई बोक्सी आरोप कसुर तथा सजाय ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

प्रहरी उपरीक्षक घिमिरेले फागुन २८ गते राति नगरपालिका प्रमुख ममताप्रसाद चौधरीलाई गोली तथा धारिलो हतियार प्रहारका घटनामा संलग्न चार जनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा घटनामा संलग्न नगरपालिकाका ४० वर्षीय कमल क्षत्री, ३६ वर्षीय भरतबहादुर शाह तथा ३० वर्षीय पूर्णप्रसाद खनाल र हृदयराज बोगटी छन् ।

नेकपासँग आबद्ध भनिएका उनीहरुलाई पनि पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थियो । घटनास्थलमा संलग्न भई फरार थप नौ जनाको खोजी भइरहेको छ । घटनास्थलमा प्रहरीले गोलीको खोका र से२प ३६७१ नंको नक्कली मोटरसाइकल बरामद गरिएको थियो । नगर प्रमुख चौधरीलाई विभिन्न आरोप लगाई नेकपाले पटक पटक चन्दाका साथै विभिन्न माग राखी धाकधम्की दिने, प्रेस विज्ञप्ति प्रकाशन गर्नेलगायत कार्य हुँदै आएको अवस्थामा उहाँमाथि आक्रमण भएको जनाइएको छ । घाइते नगरप्रमुख चौधरीको हाल काठमाडौँमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group