ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रष्टाचार मुद्दाको म्याद बुझ्न पूर्वमन्त्री पाण्डे सर्वोच्च पुगे


एबीसी न्यूज
२३ माघ २०८१, बुधबार   १ : ४३   बजे

काठमाडौं २३ माघ । सिक्टा सिँचाइ आयोजनाको भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री एवं कालिका कन्स्ट्रक्सननामक निर्माण कम्पनीका सञ्चालक विक्रम पाण्डे सर्वोच्च अदालत पुगेर म्याद बुझेका छन्।

माटोलाई दोष दिएर ठेकेदारलाई उन्मुक्ति दिने गरी विशेष अदालतले गरेको फैसलामा सर्वोच्चले पुनर्विचार गर्ने भएपछि उक्त मुद्दाको सूचना बुझ्न पाण्डे बुधबार आफै सर्वोच्च पुगेका थिए।

सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सुनीलकुमार पोखरेलको इजलासले विशेष अदालतले पाण्डेलाई सफाइ दिँदा गरेको प्रमाणको मूल्यांकन विचारणीय भनेको छ। पुस १९ गते सर्वोच्चले उनलाई झिकाउने आदेश गरेको थियो। उक्त आदेशको सूचना पाण्डेले बुझेका हुन्।

आदेशमा विशेषको फैसलाका कमजोरी औँल्याउँदै सर्वोच्चले यस प्रकरणमा भ्रष्टाचार ठहर हुन सक्ने केही बुँदाहरू पनि पहिल्याएको छ।

सम्भाव्यता अध्ययन प्रतिवेदनको आधारमा विस्तृत अध्ययन गरी डिजाइन नगरिएको, उक्त क्षेत्रको माटो कमजोर रहेको कुरा प्रतिवेदनहरूमै स्पष्ट उल्लेख भइरहेको, प्रतिवेदनबाट माटो कमजोर रहेको देखिएकोमा वाटर टाइट गरी पानी चुहावट नहुने गरी निर्माण गरिनुपर्नेमा सोबमोजिम भएको नदेखिएको आदेशमा उल्लेख छ।

यस्तै माटो परीक्षणसम्बन्धी प्रावधानहरू सम्झौतामा नराखी ठेक्का सम्झौता गरिएको, निर्माण हुनासाथ गरिएको अध्ययनबाट नहरको संरचना चर्केको, टर्फिन उप्केको जस्ता त्रुटिपूर्ण निर्माण भएको देखिई नेपाल सरकारलाई हानी नोक्सानी पुऱ्याउने कार्य भएको पनि आदेशमा स्पष्ट लेखिएको छ।

आदेशमा भनिएको छ, ‘यसमा फिजिबिलटी स्टडी रिपोर्ट ९सम्भाव्यता अध्ययन प्रतिवेदन० को आधारमा विस्तृत अध्ययन गरी डिजाइन नगरिएको, उक्त क्षेत्रको माटो कमजोर रहेको कुरा प्रतिवेदनहरूमै स्पष्ट उल्लेख भइरहेको, प्रतिवेदनबाट माटो कमजोर रहेको देखिएकोमा वाटर टाइट गरी पानी चुहावट नहुने गरी निर्माण गरिनुपर्नेमा सोबमोजिम भएको नदेखिएको, माटो परीक्षणसम्बन्धी प्रावधानहरू सम्झौतामा नराखी ठेक्का सम्झौता गरिएको, निर्माण हुनासाथ गरिएको अध्ययनबाट नहरको संरचना चर्केको, टर्फिन उप्केको जस्ता त्रुटिपूर्ण निर्माण भएको देखिई नेपाल सरकारलाई हानि(नोक्सानी पुऱ्याउने कार्य भएकोमा प्रतिवादीहरूले आरोपित कसुरबाट सफाइ पाउने ठहऱ्याई विशेष अदालतबाट भएको फैसला प्रमाण मूल्यांकनको रोहमा विचारणीय भई फरक पर्न सक्ने देखिँदा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४०९४० बमोजिम प्रतिवादीहरूलाई म्याद पठाई झिकाई नियमानुसार पेस गर्नू।’

बाँके जिल्लामा निर्माणका क्रममा रहेको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सफाइ दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो।

अख्तियारले पूर्वमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेसहित २१ जनालाई सफाइ दिने विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेको हो।

२ अर्ब १३ करोड ७६ लाख भ्रष्टाचार भएको भनी चलाइएको मुद्दामा विशेष अदालतले माटो नै कमजोर रहेको भनी अभियोगपत्र खारेज गरिदिएको थियो।

२०७९ असार ५ गते विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यहरू रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले भ्रष्टाचार मुद्दाका अभियुक्तको पक्षमा फैसला गरेको थियो।

१० वर्षभन्दा धेरै समय र १३ अर्बमाथि रकम खर्चेर निर्माण गरिएको आयोजनामा पानी छाड्नेबित्तिकै भत्किएको थियो।

परीक्षणका लागि पानी छाड्नेबित्तिकै सिक्टाको मूल नहर नै भत्किएपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो। अख्तियारले गरेको अनुसन्धानले डिजाइन र निर्माणमा गम्भीर त्रुटि मात्र होइन, सरकारी कर्मचारी र ठेकेदारबीच मिलेमतोमा गुणस्तरहीन काम गरेको निष्कर्षसहित २०७५ मंसिरमा भ्रष्टाचार मुद्दा चलाएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu