ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अभियोगपत्र अध्ययन गर्न छानबिन कार्यदल


एबीसी न्यूज
२४ माघ २०८१, बिहिबार   ७ : ४६   बजे

काठमाडौं २४ माघ । स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी मुद्दा दायरका क्रममा त्रुटि भएको आरोपमा जिल्ला न्यायाधिवक्तामाथि छानबिन कार्यदल गठन भएको छ । महान्यायाधिवक्ता कार्यालयले बुधबार छानबिनका लागि कार्यदल गठन गरेको हो ।

प्रहरी प्रतिवेदन अनुसार मुद्दा दायर नभएको विषयमा जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलमाथि छानबिनको निर्णय भएको हो । लुइँटेललाई मङ्गलबार नै महान्यायाधिवक्ता कार्यालयमा फिर्तासमेत बोलाइएको छ ।

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले छानबिन समिति गठन भएको बताउनुभयो । दाहालले भन्नुभयो, “अभियोगपत्रमा कुनै त्रुटि भए वा नभएको अध्ययन गरी यथाशीघ्र प्रतिवेदन दिने गरी कार्यदल बनेको छ । कार्यदलले अभियोगपत्र अध्ययन गरेर महान्यायाधिवक्तासमक्ष प्रतिवेदन दिन्छ ।’’

मुद्दा दायरको विषयमा विवाद भएपछि महान्यायाधिवक्ता रमेश बडालले कार्यदल गठन गर्नुभएको हो । कार्यदलको संयोजक नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजाल हुनुहुन्छ । कार्यदलमा सहन्यायाधिवक्ताद्वय सूर्यराज दाहाल, ईश्वरीप्रसाद ढकाल र उपन्यायाधिवक्ता रुद्रप्रसाद आचार्य सदस्य हुनुहुन्छ । ढकाल उच्च सरकारी वकिलको कार्यालय हेटौँडाको प्रमुख र आचार्य महान्यायाधिवक्ता कार्यालयमा कार्यरत हुनुहुन्छ ।

चितवनको सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा मुद्दा दायरका क्रममा लामिछानेलाई सङ्गठित अपराधमा मुद्दा नचलाएको विषय विवादित बनेको छ । समान प्रकृतिको आरोपमा अन्य जिल्लामा सङ्गठित अपराधमा मुद्दा चलाइँदा चितवनमा भने ठगीमा मात्र मुद्दा चलाइएको थियो । रविबाहेक अन्यलाई भने सङ्गठित अपराधमा पनि मुद्दा चलाइएको छ । लामिछानेमाथि सहकारीबाट गोर्खा मिडियामा प्राप्त रकम खर्चमा संलग्नता रहेको आरोप अभियोगपत्रमा लगाइएको छ ।

जिल्ला अदालतमा मुद्दा दायर गरिएका ३२ जनामध्ये १२ जनालाई सङ्गठित अपराध र ठगीमा मुद्दा चलाइएको छ । अन्यको हकमा सहकारी ठगीमा मात्र मुद्दा दायर भएको छ । गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशकका रूपमा रविलाई ठगीमा मात्र मुद्दा चलाइए पनि अर्का सञ्चालक छविलाल जोशीलाई सङ्गठित अपराधमा पनि मुद्दा चलाइएको छ । जोशीको अन्य कम्पनीमा पनि संलग्नता देखिएकाले सङ्गठित अपराधमा मुद्दा चलाइएको सरकारी वकिल कार्यालयको जिकिर छ । दोहोरो संलग्नता नदेखिएका व्यक्तिको हकमा सहकारी ठगीमा मात्र मुद्दा चलाइएको दाबी सरकारी वकिल कार्यालयको छ । मुद्दा चलाइएकामध्ये जिबी राई, सागर केसी, हेमन्त अधिकारी, भूपेन्द्र राई, अनन्तबाबु राई, देवेन्द्रबाबु राई, दिनेश रोका, छविलाल जोशी, कुमार रम्तेल, दीपक लामालगायतलाई भने सङ्गठित अपराध र ठगीमा मुद्दा दर्ता गरिएको छ ।

सहारा बहुउद्देश्यीय सहकारीबाट गोर्खा मिडिया प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ रुपियाँ रकम गएको प्रहरी अनुसन्धानको निष्कर्ष छ । कम्पनीमा गएको रकमलाई नै बिगो कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group