ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रविको निलम्बन तत्काल फकुवा गरियोस्-सोबिता गौतम


एबीसी न्यूज
२४ माघ २०८१, बिहिबार   ५ : ४६   बजे

काठमाडौं २४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सांसद सोबिता गौतमले पार्टीका सभापति रवि लामिछानेको निलम्बन तत्काल फुकुवा गर्न संसद् सचिवालयलाई आग्रह गरेकी छिन् ।

बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्ने क्रममा सांसद गौतमले सभापति लामिछानेलाई सांसद पदबाट निलम्बन गर्ने निर्णयको खेद प्रकट गर्दै छिटोभन्दा छिटो सच्याउन आग्रह गरिन् ।

‘म र मेरो पार्टी गहिरो खेद व्यक्त गर्दछौं र संसद् सचिवालयले यो निर्णय छिटोभन्दा छिटो सच्याओस्,’ गौतमले भनिन्, ‘निलम्बन फुकुवा गरोस् भन्ने विनम्रतापुर्वक आग्रह पनि गर्दछु ।’

प्रतिनिधिसभा नियमावलीको दफा २ सय ४८ मा सांसद निलम्बनको प्रावधान भए पनि अन्य कानुन प्रयोग गरेर सभापति लामिछानेलाई निलम्बन गरिएको भन्दै उनले आपत्ति जनाएकी हुन् ।

सभापति लामिछानेलाई ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणसमेतमा अभियोजन गर्न संकोच अहिलेको सरकारलाई नलागेको उल्लेख गर्दै संसद् सचिवालयलाई पनि किन संकोच नलागेको रु भन्दै प्रश्न गरिन् ।

‘महागठबन्धनको सरकारलाइ नैतिक जिम्मेवारी लिनुपर्ने भनेको विषयमा ठगी, त्यतिले नपुगेर संगठित अपराध र सम्पति शुद्धिकरण अभियोजन गर्न कत्ति पनि संकोच नै लागेन,’ गौतमले भनेकी छिन्, ‘यो हामी बुझ्छौं, नयाँ शक्तिलाई दमन गर्न यति बल त लगाउने पर्‍यो तर संसद् सचिवालयलाइ सरकारको दमनको साक्षी बन्न संकोच किन लागेन रु’

उनले कानुनलाई राजनीतिक अस्त्रको रुपमा प्रयोग नगर्न पनि आग्रह गरेकी छिन् ।

‘सांसदहरू त्यसको सिकार हुनु नपरोस् भन्ने आंकलन गरेरै नियमावलीमा अदालतले पुर्पक्षको लागि थुनामा पठाएमा मात्र निलम्बन गर्ने प्रावधान राखेको हो,’ उनले भनिन्, ‘तर अदालतमा मुद्दा दर्ता हुदा नहुदै संसद्ले निलम्बनको सुचना टाँस गर्‍यो ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group