ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजेटमा परेका तर कार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने


एबीसी न्यूज
२५ माघ २०८१, शुक्रबार   १० : ०४   बजे

काठमाडौं २५ माघ । चालु आर्थिक वर्षको बजेटमा परेका तर पुस मसान्तसम्म कार्यान्वयनमा नगएका योजना तथा कार्यक्रम रद्द हुनेभएका छन ।

चालु आर्थिक वर्ष २०८१र८२ को बजेटको अर्धवार्षिक समीक्षामार्फत सरकारले आयव्ययको अनुमान संशोधनसँगै योजना तथा कार्यक्रमको पुनःप्राथमिकीकरण गरेको हो ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बाँकी अवधिका लागि बजेटका योजना तथा कार्यक्रमको पुनःप्राथमिकीकरण गरिएको बताउनुभयो । विनियोजित बजेटको सीमा नाघ्ने गरी खर्च गरेर अर्को वर्ष भुक्तानी दिने गरी दायित्व सार्ने प्रवृत्तिलाई नियन्त्रण गर्ने उहाँको भनाइ थियो ।

हालसम्म कार्यान्वयन शुरू नभएका कार्यक्रमको बजेट रोक्का राखी अत्यावश्यक पर्ने क्षेत्रमा रकमान्तर गरी व्यवस्थापन गरिने अर्थमन्त्री पौडेलले उल्लेख गर्नुभयो । अनिवार्य दायित्वका खर्चहरू आउँदो आर्थिक वर्षमा स्थानान्तरण नहुने गरी चालु आर्थिक वर्षमा नै भुक्तानी गरिसक्ने, अति आवश्यक अवस्थामा बाहेक कार्यालय सञ्चालन खर्चमा थप निकाशा नगर्ने, अत्यावश्यक बाहेक चालु आर्थिक वर्षमा नयाँ सङ्गठन संरचना र दरबन्दी सिर्जना नगर्ने साथै सभा, गोष्ठी, सेमिनार जस्ता कार्यक्रम सरकारी निकायका सभाहलमा नै गर्ने निर्णय सरकारले बजेटको अर्धवार्षिक समीक्षामार्फत गरेको छ ।

त्यसैगरी, नेपाल सरकारको स्रोतमा सरकारबाट अनिवार्य रूपमा प्रतिनिधित्व गर्नुपर्नेबाहेक वैदेशिक भ्रमणलाई निरुत्साहित गर्ने, कार्यक्षेत्र दोहोरो परेका संरचना गाभ्ने, अनावश्यक संरचना खारेज गर्ने, प्रदेश र स्थानीय तहको कार्यक्षेत्रमा पर्ने संरचना र जनशक्ति हस्तान्तरण गर्ने पनि बजेट समीक्षामा उल्लेख छ ।

तोकिएका कार्यविधि र मापदण्ड पूरा नगरी आर्थिक सहायता वितरण नगर्ने, सार्वजनिक सेवा प्रवाहलाई चुस्त र मितव्ययी बनाउन सङ्गठन संरचनामा रहेका दोहोरोपन हटाउने, छरिएर रहेका सामाजिक सुरक्षाका कार्यक्रमलाई एकीकृत र व्यवस्थित गर्दै दोहोरो नपर्ने गरी व्यवस्थापन गर्न आवश्यक प्रणालीको विकास गर्नेलगायत सुधारका काम गरिने बजेट समीक्षा प्रतिवेदनमा जनाइएको छ ।

हालसम्म कार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गर्ने तथा पूर्वतयारी पूरा नभएका आयोजना तथा कार्यक्रम शुरू नगर्ने नीति लिइनेछ ।

राष्ट्रिय गौरवका आयोजना, अधुरा आयोजना एवम् अन्य महत्त्वपूर्ण आयोजनामा विधिपूर्वक सिर्जित दायित्वका लागि बजेट व्यवस्थापन गरिनेछ । बजेट समीक्षामार्फत सरकारले भनेको छ ।

चालु आर्थिक वर्ष २०८१र८२ को हकमा तत्काल खर्च नहुने तथा न्यून प्राथमिकताका आयोजनामा विनियोजित रकमबाट रकमान्तर गरी प्राथमिकता प्राप्त आयोजनामा स्रोत व्यवस्थापन गर्ने नीति लिइने छ ।

हालसम्म कार्य अघि नबढेका, खर्च हुन नसक्ने योजना र कार्यक्रमको पहिचान गरी सोको बजेट समर्पण गराई खर्च हुने योजना र कार्यक्रममा रकमान्तर गरी सिर्जित दायित्व फरफारक गरिनेछ ।

स्रोत सुनिश्चितता दिइएका एवम् कार्य अघि बढाउन सहमति दिइएको सडक, शहरी विकास, सिँचाई, खानेपानी जस्ता निकायमा सम्झौता बमोजिम बिल पेश भएका निर्माण व्यवसायीको भुक्तानी यसै आर्थिक वर्षमा दिई फरफारक गरिनेछ ।

गैरबजेटरी कार्यक्रममा रकम निकासालाई निरुत्साहित गर्ने, वैदेशिक सहायताअन्तर्गत सञ्चालित आयोजनाको सहायता परिचालन गर्न समस्या भएमा आवश्यकता र औचित्यका आधारमा स्रोत फुकुवा वा स्रोतान्तर गरी सहजीकरण गर्ने नीति लिइने अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group