ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिक्टा सिँचाइ ठेक्कामा मिलेमतो प्रस्ट देखिन्छ, प्रतिस्पर्धा नै हुँदैन- निर्माण व्यवसायी महासंघ


एबीसी न्यूज
२५ माघ २०८१, शुक्रबार   ११ : ४२   बजे

काठमाडौं २५ माघ । सिक्टा नहरको ठेक्का सीमित कम्पनीलाई दिनेगरी चलखेल गरिएको भन्दै निर्माण व्यवसायी महासंघले पनि आपत्ति जनाएको छ।

सिक्टा सिँचाइ आयोजनाको ठेक्काका लागि निर्माण कम्पनीलाई शुक्रबार ९आज० दिउँसो १२ बजेसम्म आवेदन दिन भनिएको छ। बोलपत्रको सिलबन्दी आजै खोलिँदै छ।

तर शर्मा एन्ड कम्पनी र कुमार श्रेष्ठ निर्माण सेवालाई ठेक्का दिने गरी कार्टेलिङ गरिएको दाबी सम्बद्ध व्यवसायीले गरेका छन्।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सीमित कम्पनीले मात्रै टेन्डरमा भाग लिन पाउनेगरी आवेदन माग गरिएको बताए।

‘हामीले सार्वजनिक खरिद अनुगमन कार्यालय, सिँचाइ विभागलगायत सबै ठाउँमा हाइड्रोमा काम गरेको अनुभव सिँचाइमा हुनुपर्छ भनी उजुरी दियौँ’, महासंघका अध्यक्ष रवि सिंहले भने,‘आयोजनाले झुलाएर केही दिनअघि मात्रै आंशिक संशोधन गर्‍यो। अहिलेको अवस्थामा ६र७ कम्पनी मात्रै योग्य देखिन्छन्।’

सिँचाइ विभागले हाइड्रो र पुल निर्माणमा ‘हाइड्रोलिक’ अनुभव भएकालाई ठेक्कामा सहभागी हुन दिइरहेको थियो। निर्माण क्षेत्रमा हाइड्रो सबैभन्दा बढी जोखिम मानिन्छ। सिँचाइ विभागले नियतमै सोझै शंका गर्ने ठाउँ रहेको उनी बताउँछन्।

‘हाइड्रो र ब्रिजको हाइड्रोलिक स्ट्रक्चर बनाएको अनुभवलाई नमान्ने हो भने सिँचाइ हाइड्रोलिक स्ट्रक्चर किन मान्ने’, सिंह भन्छन्,‘सिँचाइमा बनाउने हाइड्रोलिक स्ट्रक्चरभन्दा जटिल स्ट्रक्चर हाइड्रोको हुन्छ किनेभने पानी चुहिनै हुँदैन।’

प्रतिस्पर्धा खुम्चाउन सिँचाइ हाइड्रोलिक स्ट्रक्चर बनाएकोले प्रतिस्पर्धा गर्न पाउने भनेको छ। जलविद्युत् आयोजनामा धेरै लामो नहर बनाउनु पर्दैन। विभागले मागको ७५ करोड बराबरको अनुभव प्रतिस्पर्धा गर्न खोजेका धेरैको पुग्दैन।

सार्वजनिक खरिद अनुगमन कर्यालयका एक उच्च अधिकारीले हाइड्रोको अनुभवलाई पनि सिँचाइमा हुनेगरी सच्चाउन निर्देशन दिएकामा आंशिक मात्रै सच्चिएको बताउँछन्।

‘हामीले सिँचाइ विभागलाई पत्र काटेरै हाइड्रोको अनभुव सिँचाइमा पनि हुनेगरी काम गर्न निर्देशन दिएका थियौँ’, ती अधिकारी भन्छन्,‘केही त संशोधन गरेको पनि छ। तर हामीले भनेका सबै विषय सम्बोधन भएका छैनन्। प्रतिस्पर्धा जति हुनुपर्ने हो त्यति नहुने निश्चित देखिन्छ।’

सिँचाइ मन्त्रालय र विभागसँग मिलेमतो गरी २ निर्माण कम्पनीले ठेक्का पाउने निश्चितजस्तै रहेको दाबी उनी गर्छन्।

‘धेरै कम्पनी प्रतिस्पर्धा हुनेगरी मापदण्ड परिवर्तन गर्न माग राख्दा पूरा सम्बोधन भएन,’ अध्यक्ष सिंहले भने, ‘योग्य कम्पनीलाई पैसा दिएर वा अर्को ठेक्का मिलाइदने आश्वासन दिई सेटिङ गरेको देखिन्छ।’

सिँचाइ विभागले टेन्डरको अवधि बढाउने वा प्रस्ताव खोले पनि मिलोमतो देखिएकाले टेन्डर खारेज हुने अवस्था आउने बताए।

पश्चिम नेपालको राप्ती नदीमा रहेको सिक्टा सिँचाइ आयोजना अन्तर्गत डुडुवा शाखा नहर निर्माणका लागि टेन्डर आह्वान भएको हो।

४३ किमि नहर निर्माणका लागि ठेक्का लागेको छ। यसका शाखा २३ किलोमिटर र उपशाखा १०र१० किमिका गरी कूल ४३ किलोमिटरको नहर निर्माण हुनेछ।

यसका लागि दुईवटा प्याकेजमा ठेक्का आह्वान गरिएको छ। नहर निर्माणको लागत अनुमान २ अर्ब ५० करोड रुपैयाँ छ।

यसको निर्माणसँगै हेड रेगुलेटर, क्रस रेगुलेटर, गाउँका पुल निर्माण गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

सम्बन्धित

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

विश्वकप २०२६ : फ्रान्सको प्रभावशाली जित, स्पेन समूह विजेता, बेल्जियम शीर्ष स्थानमा, इजिप्ट अन्तिम ३२ मा

अन्तिम क्षणमा भिडियो सहायक रेफ्रीले तोड्यो इरानको सपना, इजिप्ट बराबरीसँगै अन्तिम ३२ मा, बेल्जियम समूह विजेता

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

डेम्बेलेको ३२ मिनेटमै ह्याट्रिक, नर्वेमाथि फ्रान्सको ४–१ को शानदार जित; विश्वकप उपाधिको प्रमुख दाबेदारको रूपमा बलियो सन्देश

सेनेगलको शानदार पुनरागमन : इराकलाई ५–० ले हराउँदै नकआउट सम्भावना जीवित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu