ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिपक्षले राष्ट्रियसभा अध्यक्षलाई भने, ‘मन कुँडिने व्यवहार नहोस्’


admin
२ चैत्र २०७४, शुक्रबार   ७ : ०७   बजे

काठमाडौँ, २ चैत। राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभालाई मर्यादित, एकताबद्ध र सहमतिको थलो बनाउन हरसम्भव प्रयत्न गरिने प्रतिबद्धता जनाउनुभएको छ ।

राष्ट्रियसभाको आजको दोस्रो बैठकमा उहाँले भन्नुभयो, “मेरा सबै गतिविधि सहमतिका आधारमा अघि बढ्नेछन्। मुलुकको समृद्धि र जनताको अपेक्षा पूरा गर्ने सवालमा सबै एक भएर अघि बढ्नेछाँै ।”

बौद्धिक समुदायको प्रतिनिधित्व रहने सदनका रुपमा रहेको राष्ट्रियसभाको अपरिहार्यतालाई प्रमाणित गर्न सबैको सहयोग आवश्यक रहेको बताउँदै तिमिल्सिनाले आफू सबै राजनीतिक दलको सहमति र समर्थनमा निर्वाचित भएकामा सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

मन कुँडिने व्यवहार नहोस्ः प्रतिपक्ष 

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सुरेन्द्रराज पाण्डेले राष्ट्रियसभालाई सहमतिका आधारमा अघि बढाउने सन्दर्भमा अध्यक्ष आफ्नो पार्टीका सहयोगमा निर्विरोध निर्वाचित भएको स्मरण गराउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रियसभा दलीय आधारमा होइन सहमतिका आधारमा अघि बढ्न सकोस् । सबै समस्याको गाँठो फुकाउन सक्ने समाधानको थलो बन्न सकोस् । संसद्ले अनास्था गरेका कारण विद्रोहको आवाज उठ्न नपरोस्, यो सदन सहमतिका थलो बन्न सकेमा राजनीति सहज रुपमा अघि बढ्नेछ । प्रतिपक्षको मन कुँडिने व्यवहार कहीँकतैबाट नआओस् ।”

सत्ताको नेतृत्व गरेको दल नेकपा (एमाले)का सांसद परशुराम मेघी गुरुङले नयाँ युगको गन्तव्य यही सदनबाट भएको सन्देश प्रवाह गर्न सक्नुपर्ने बताउँदै मुलुकको विविधतालाई सामाजिक एकतामा सुदृढ तुल्याउने कामलाई ऐन कानून निर्माण गरेर जिम्मेवारी पूरा गर्नुपर्छ भन्नुभयो । एमालेकै दिलकुमारी रावलले जनताको अपेक्षानुसार नै जनताले सम्मानपूर्वक बाँच्न पाउने न्यायपूर्ण कानून बनाउन अध्यक्ष अभिभावक बन्न सक्नुहोस् भनी शुभकामना दिनुभयो ।

नेकपा (माओवादी केन्द्र)का कालीबहादुर मल्लले स्थानीय र प्रदेशसभालाई सो सदनसँग जोडेर लैजान आवश्यक रहेको बताउँदै समृद्धिको आन्दोलन राष्ट्रियसभामार्फत अघि बढ्न सकोस् भन्नुभयो । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा नवनिर्वाचित अध्यक्षलाई दलीय आधारमा सदस्यबाट बधाई तथा शुभकामना दिने कार्यसूची थियो । अध्यक्ष तिमिल्सिना गत फागुन ३० गते माथिल्लो सदनका रुपमा राष्ट्रियसभामा सर्वसम्मत रुपमा निर्विरोध निर्वाचित हुनुभएको थियो । राष्ट्रियसभाको अर्काे बैठक यही चैत ४ गते अपराह्न १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group