ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उच्च शिक्षाका पाठ्यक्रममा इन्टर्न अनिवार्य हुँदैछ – शिक्षामन्त्री


एबीसी न्यूज
२५ माघ २०८१, शुक्रबार   ५ : ३३   बजे

काठमाडौं २५ माघ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले उच्च शिक्षाका पाठ्यक्रमहरूमा इन्टर्न अनिवार्य गरिने बताएकी छिन् । यसका लागि गृहकार्य अगाडि बढिसकेको पनि उनले जानकारी दिइन् ।

मदन भण्डारी मेमोमिरियल कलेजले क्यूएए ९गुणस्तर प्रत्यायनकृत० प्राप्त गरेको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जानकारी दिएकी हुन् ।

‘पाठ्यक्रममा इन्टर्न अनिवार्य गरिँदैछ,’ उनले भनिन् । उनका अनुसार शिक्षालाई रोजगार, सीप र उद्गमसँग जोड्नका लागि समेत पाठ्यक्रममा इन्टर्न अनिवार्य गर्न लागिएको हो ।

कक्षा १२ पास गरेपछि विदेश जानुका अनेक कारण हुनसक्ने र उच्च शिक्षा प्राप्त गरेको विषय तलबमा मापन हुन नसक्ने पनि एक रहेको उनले बताइन् ।

‘शिक्षाले तलबलाई मापन गर्न सकिरहेको छैन, समस्या यहाँनेर छ,’ उनले भनिन् ।

सामुदायिक विद्यालय र कलेजका आफ्नै प्रकृतिका समस्या रहेको बताउँदै उनले घट्दो विद्यार्थी संख्या र बढ्दो विदेश पलायन रोक्न शिक्षालाई तलबमा मापन गर्न सक्नुपर्ने जिकिर गरिन् ।

मदन भण्डारी मेमोमिरियल कलेजले गुणस्तर प्रत्यायनकृत ९क्यूएए० प्राप्त गरेको छ । विश्व विद्यालय अनुदान आयोगले मदन भण्डारी कलेजको गुणस्तर क्यूएए गरेको हो ।

सरोकारवालाहरूले राज्यले शिक्षामा स्पष्ट नीति अवलम्बन गर्न नसकेको भनेर सरकारको ध्यानाकर्षण पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group