ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपराध नियन्त्रणमा प्रहरीको काम प्रशंसनीय छ- गृहमन्त्री लेखक


एबीसी न्यूज
२६ माघ २०८१, शनिबार   ३ : १९   बजे

काठमाडौं २६ माघ । गृहमन्त्री रमेश लेखकले मुलुकमा भइरहेका अपराध नियन्त्रणमा प्रहरीले गरिरहेका काम प्रशंसनीय रहेको बताएका छन् । गृहमन्त्रालयले मुलुकमा शान्ति सुरक्षा कायम गर्नुका साथै नीतिगत र कानुनी सुधारमा पनि काम गरिरहेको बताएका हुन् ।

नेपाल पुलिस क्लब द ब्लु पेभिलियनको उद्घाटन कार्यक्रममा शनिबार गृहमन्त्री लेखकले सरकार गठन भएको ७ महिनामा सरकारले आफ्ना काम, लक्ष्य, उद्देश्य र क्रियाकलापलाई प्राथमिकीकरण गरेर अगाडि बढेको बताए । गृह मन्त्रालयले नेपाल प्रहरीको नयाँ ऐन तर्जुमा गरेर संसद्‍मा दर्ता गराएको बताउँदै उनले सशस्त्र प्रहरी बल नेपालसम्बन्धी ऐन पनि समयसापेक्ष रूपले तर्जुमा गर्ने गरी मस्यौदा प्रतिनिधिसभामा पुगेको जानकारी दिए ।

आमाको नामबाट नागरिकता प्राप्त गर्न सकिने गरी सरकारले नेपाली नागरिकता ऐनमा समयसापेक्ष संशोधन गर्ने गरी संसद‍्मा विधेयक दर्ता गराएको बताउँदै गृहमन्त्री लेखकले अध्यागमन ऐनमा पनि संशोधन गर्ने गरी सरकार अघि बढिसकेको जानकारी दिए ।

गृहमन्त्री लेखकले नेपाल प्रहरीको नयाँ विधेयकमा देखिएका कमी(कमजोरी पहिचान गरेर सुझाव दिए अझै संसद‍्बाट परिमार्जन गरेर जान सकिने बताए । अहिले संसद‍्मा पुगेको विधेयकले प्रहरी संगठनलाई ७० वर्ष पछि लगेको भन्ने भ्रम फैल्याइएको पनि गृहमन्त्री लेखकको भनाइ थियो । ‘

नीतिगत र कानुनी सुधारको सम्बन्धमा अहिलेको नेपाल प्रहरीको ऐन, २०१२ सालमा बनेको थियो । त्यसपछि लगातार संशोधन भए । तर समयसापेक्ष रुपले नयाँ कानुन बन्नसकेको थिएन । अहिले गृह मन्त्रालयले नेपाल प्रहरीको नयाँ ऐन तर्जुमा गरेर सबै सबै सम्बन्धित मन्त्रालयको आवश्यक सहमति र सहकार्यका साथ मन्त्रिपरिषद‍्बाट पारित गरेर संघीय संसद्को प्रतिनिधिसभामा दर्ता गरिसकेका छौं, उनले भने ।

अहिलेको सरकारको पहिलो प्राथमिकता शान्ति सुरक्षा भएको बताउँदै गृहमन्त्री लेखकले शान्ति सुरक्षालाई सुदृढ गर्नका लागि थप गर्नुपर्ने आवश्यक काम भइरहेको बताए । ‘हाम्रो अर्को प्राथमिकता शान्ति सुरक्षा हो जो नेपाल प्रहरीले निरन्तर गर्दै आइरहेको छ । जसमा नेपाल प्रहरीले ऐतिहासिक काम गरेको छ । शान्ति सुरक्षालाई सुदृढ गर्नका लागि थप गर्नुपर्ने आवश्यक कामहरू हामी गरिरहेका छौँ, गर्छौं । अपराध नियन्त्रणको सवालमा नेपाल प्रहरीले जुन काम गरिरहेको छ, प्रशंसनीय छ, उनले भने, यसलाई पनि थप प्रभावकारी बनाउन पनि काम गरिरहेका छौँ ।

मुलुकमा लागूऔषधको प्रयोग सर्वत्र यसरी फैलिएको बताउँदै गृहमन्त्री लेखकले त्यसलाई समयमा नियन्त्रण गर्न सकिएन भने समाजमा अत्यन्त ठूलो विकृति, विसंगति हुने र समाज नराम्रो ढंगले प्रभावित हुने बताए । सडक दुर्घटना पनि चुनौतीको विषय बनेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group