ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सदस्य सचिव घिसिङको कार्यकक्षमा तोडफोड,खेलसम्बद्ध संघले जनाए आपत्ति


एबीसी न्यूज
२६ माघ २०८१, शनिबार   ६ : २१   बजे

काठमाडौं २६ माघ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङको कार्यकक्षमा भएको तोडफोडको घटनाप्रति नेपाली खेलकुदका खेलाडी संघ, कर्मचारी संघ र ओलम्पियन संघले भर्त्सना गरेको छ।

शनिबार राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघ, नेपाल ओम्पियन संघ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका साथै विभिन्न खेलका संघहरूले विज्ञप्ती जारी गर्दै उक्त घटनाबारे निन्दा गरेको छ।
उच्च अदालत पाटनद्वारा २०८० भदौ १३ गते अवैधानिक ठहर गरेको नेपाल उसु महासंघका अध्यक्ष वीरबहादुर तामाङ र महासचिव लाक्पा छिरिङ लामाको नेतृत्वमा रहेको टोलीले राखेपका सदस्यसचिवको कार्यकक्षमा तोडफोड गरेका थिए।

उनीहरूविरुद्ध कालीमाटी प्रहरी बृत्तमा पनि उजुरी दर्ता भइसकेको छ। शनिबार उक्त घटनालाई लिएर नेपाली खेलकुद जगत विभिन्न खेलाडी, प्रशिक्षक, कर्मचारीका साथै संघसंस्थाले निन्दा गर्दै कारबाही गर्नुपर्ने माग गरेका छन्।

उसुका प्रशिक्षक तथा प्राविधिकरूका अनुसार उक्त घटनामा संलग्न समूहमा गैरखेलकर्मीहरू रहेका थिए। राष्ट्रिय खेलकुद परिषद्‌मा शुक्रबार अपराह्न सदस्य सचिव घिसिङको कार्यकक्षभित्र नेपाल उसु महासंघका पूर्वपदाधिकारीहरू लगायतले ज्ञापनपत्र बुझाउने क्रममा विवाद भएको थियो। विवाद बढेसँगै ज्ञापनपत्र बुझाउन गएकाहरूले घिसिङको कार्यकक्षमा रहेका टैबललगायत अन्य सामानहरू तोडफोड गरेको आरोप छ। राष्ट्रिय खेलकुद परिषद्‌ कर्मचारी संघले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कर्मचारी संघले परिषद्को हाताभित्र काम विशेषले आफ्ना माग तथा समस्या राख्नका लागि शान्तिपूर्वक कानुन, विधि र प्रक्रियाबाट आफ्ना मागहरू पेस गर्न सकिने भए पनि उसु संघका पूर्वपदाधिकारीको नेतृत्वमा आएको समूहले गलत नियतका साथ गतिविधि गरेको जनाएको छ।

गत बिहीबार मात्र राखेपले पत्रकार सम्मेलनमार्फत नेपाल उसु महासंघबाट लाक्पाछिरिङ लामाले झुटो विवरण पेस गरेर एनओसीको निर्वाचनमा सहभागी भएको भन्दै उनीसहित पौडी संघबाट अशोकरत्न वज्राचार्य, कुस्ती संघबाट समिम मियाँ अन्सारी, कबड्डी संघबाट तुलसा थापा र ह्यान्डबल संघबाट तेजबहादुर गुरुङविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १५ र १६ अनुरूप कारबाही प्रक्रिया अगाडि बढाइने उल्लेख गरेको थियो।

उनीहरूलाई तीन दिनभित्र सफाइ पेस गर्न राखेपले अवसर दिएको भोलिपल्ट नै लामासहितका टोलीले तोडफोड गरेको हो। घटना भएको दिन शैलश कर्मचार्य नेतृत्वको नेपाल उसु महासंघले विज्ञप्ती जारी गर्दै त्यस गतिविधिमा आफ्ना खेलाडीहरू समावेश नभएको भन्दै उक्त कार्यको भर्त्सना गरेको थियो।

शनिबार भने खेलकर्मी र करिब ४० खेल संघहरूले विज्ञप्ती जारी उक्त घटनामा संलग्न व्यक्तिहरूलाई कारबाहीको माग गरेको छ। राखेप कर्मचारी संघकी अध्यक्ष सरस्वती केसी भण्डारीद्वारा हस्ताक्षर भएको विज्ञप्ती जारी गदै दोषीमाथि कारबाहीको माग गरिएको छ।

उत्तकार्य नगरी अन्य असम्बिन्धित व्यक्तिहरुलाई साथमा लिई सार्वजनिक सम्पत्तिको हानी नोक्सानी गरेको, अनुशासनहिन, अमर्यादित र अशोभनिय कार्य भएकोले उक्त कार्यप्रति खेलकुद परिषद् कर्मचारी संघले उचित छानविन गरी दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गर्दै आगामी दिनहरुमा परिषद्को हाताभित्र यस्ता किसिमका कुनै पनि अवाञ्चित क्रियाकलाप भएमा सम्पूर्ण कर्मचारीहरू एकजूट भई अगाडि बढ्ने उल्लेख गरेको छ।

ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघका अध्यक्ष दीपक श्रेष्ठ र इस्पोर्ट्स एसोसिएसन अफ नेपाल ९इसान० का महासचिव पवन कार्कीले शनिबार विज्ञप्ती जारी गर्दै उक्त घटनाप्रति निन्दा गर्दै त्यो घटनामा संलग्न व्यक्तिहरूमाथि कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन्।

ओलम्पियन संघ र खेलाडीले यस्ता गतिविधिले नेपाली खेलकुदलाई नै बदनाम गराएको उल्लेख गर्दै कारबाही गर्न माग गरेका छन्। इस्पोर्ट्स संघले भने अदालतले अवैधानिक ठहर गरेको उसु महासंघका नाममा भएको उक्त गतिविधिप्रति निन्दा गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group