ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डढेलोबाट हुने क्षति न्यूनीकरणको पूर्वतयारी गर्न समितिको निर्देशन


एबीसी न्यूज
२७ माघ २०८१, आइतबार   ४ : ४३   बजे

काठमाडौं २७ माघ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकले डढेलोबाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको आइतबार बसेको बैठकले डढेलो नियन्त्रण गर्न तथा डढेलोबाट हुने जनधनको क्षति न्यूनीकरण गर्ने आपसी समन्वय गरी एकीकृत कार्यसम्पादन गर्न गृह र वन तथा वातावरण मन्त्रालयलाई समितिले निर्देशन दिएको छ ।

१५ दिनभित्र कार्ययोजना बनाई एकिकृत रूपमा कार्यान्वयन दुई मन्त्रालयलाई समितिले निर्देशन दिएको छ । सुक्खा मौसमको समयमा जंगलहरूमा डढेलोको प्रकोप बढ्ने र डढेलो नियन्त्रणमा संलग्न व्यक्तिहरूको मृत्यु समेत हुने सक्ने हुँदा पूर्व सावधानी अपनाउन समितिले निर्देशन दिएको छ ।

तालिम प्राप्त जनशक्ति र आवश्यक उपकरणको पर्याप्त व्यवस्था गरी परिचालन गर्ने व्यवस्था मिलाउन र वन जंगलमा डढेलो लगाउने जो कोहीलाई पनि कडाभन्दा कडा कारबाही गर्न समितिले निर्देशन दिएको हो ।

समितिले प्लास्टिकमुक्त देश बनाउन आगामी वैशाखदेखि काठमाडौं उपत्यकाबाट आवश्यक तयारी गर्न गृह, अर्थ र वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको बैठकमा गृह मन्त्रालयका सचिव तथा विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गाँउपालिका महासंघ, नेपाल नगर पालिका संघ, पारिवारिक निजी वन संघ, सामुदायिक वन उपभोक्ता महासंघ लगायत यस क्षेत्रका विज्ञहरू सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group