ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सञ्चारमा रोजगारी सिर्जना गर्ने : सञ्चार राज्यमन्त्री बाँस्कोटा


admin
३ चैत्र २०७४, शनिबार   ३ : ०६   बजे

धुलिखेल, ३ चैत । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चारमा रोजगारी सिर्जना गर्ने खालको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । 

आज काभ्रेपलाञ्चोकको बनेपामा प्रेस चौतारी नेपाल काभ्रे जिल्ला शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सञ्चारको क्रान्तिले मानवजीवन सहज बनाएको उल्लेख गर्नुभयो ।


उहाँले आर्थिक र सांस्कृतिकलगायत दुनियाँलाई नै एकै ठाउँमा ल्याइपु¥याएको सञ्चार क्षेत्रको उलपब्धिलाई देशको समृद्धितर्फ बदल्नुपर्ने बताउँदै सूचना ज्ञान, शक्ति र सामथ्र्य मात्रै भएकाले यसलाई विध्वंशको माध्यम नबनाउन सञ्चार जगतलाई आग्रह गर्नुभयो ।
राज्यमन्त्री बाँस्कोटाले पत्रकारितामा भएको समस्यालाई समाधान गर्न सरोकारवाला निकाय राज्यका विभिन्न वैधानिक निकाय, नेपाल पत्रकार महासंघ, सञ्चारविज्ञ र विभिन्न संघ÷संस्थासँग समन्वय गरेर काम गर्ने बताउनुभयो ।

उहाँले सरकारी क्षेत्रमा काम गर्ने सञ्चारकर्मी र निजी सञ्चार गृहमा काम गर्ने सञ्चारकर्मीबीचको पारिश्रमिकको विषयमा उठेको मुद्दालाई समाधान गरी नेपाली प्रेसलाई मर्यादित बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसैबीच सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री बाँस्कोटलाई नेकपा (एमाले) काभ्रे जिल्ला कमिटीले राज्यमन्त्री हुनुभएकामा स्वागत तथा बधाई कार्यक्रम गरेको छ । सो कार्यक्रममा बोल्दै उहाँले अहिलेको वाम गठबन्धनको सरकारलाई गफ गर्ने समय नभएकाले काम गरेर देखाउने बताउनुभयो । उहाँले निर्वाचनका बेला गरेका संकल्पित योजनालाई पाँच वर्षभित्रमा गरेर देखाउनुपर्ने भएकाले त्यसतर्फ सबैले ध्यान दिनुपर्ने र सरकारलाई पनि काम गर्ने वातावरण बनाइ दिएर सहयोग गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group