ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायली बन्धकको रिहाइ रोक्ने हमासको चेतावनी


एबीसी न्यूज
२९ माघ २०८१, मंगलबार   ७ : ५८   बजे

काठमाडौं २९ माघ । प्यालेस्टाइनी विद्रोही समूह हमासले बाँकी चरणमा इजरायली बन्धकको रिहाइ रोक्ने चेतावनी दिएको छ ।

इजरायलले गाजा युद्धविराम सम्झौता उल्लङ्घन गरेको भन्दै हमासले आउँदो चरणमा बन्धकको रिहाइ रोक्ने चेतावनी दिएको बीबीसीले जनाएको छ ।

हमासले उत्तरी गाजामा विस्थापित व्यक्तिहरुको फिर्तीमा ढिलाइ हुनु, गाजापट्टीको विभिन्न क्षेत्रमा अझै गोलाबारी हुनुलाई इजरायले सम्झौता उल्लङ्घन गरेको भनेको छ ।

इजरायलले सहमतिअनुसारको मानवीय सहायताको अनुमति पनि नदिएको हमासको आरोप छ ।

गएको शनिवार तीन जना इजरायलीलाई हमासले रिहा गरेको बदलामा युद्धविरामको सम्झौता अनुरुप इजरायलमा थुनामा रहेका थप प्यालेस्टिनी कैदीहरूको रिहा नभएको हमासले दाबी गरेको छ ।

इजरायलले भने गाजाको कुनै पनि सम्भावित परिदृष्यका लागि सेनालाई उच्च अलर्टमा राखिएको प्रतिक्रिया दिएको छ । रक्षामन्त्री इजराइल काट्जले आईडीएफलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको बताउनुभएको छ ।

सम्झौतायता अहिलेसम्म २१ इजरायली र पाँच सय ६६ प्यालेस्टिनी बन्धकहरू रिहा भइसकेका छन् । हमासको कब्जामा रहेका भनिएका नेपालका विपिन जोशी अझै रिहा हुन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

किशोर श्रेष्ठको निवास र कार्यालयमा प्रहरीको खानतलासी

सुस्ता जोगाउन रातदिन नदी किनारमा खटिँदै स्थानीय, सरकारी सहयोग बढ्यो

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu