ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ शक्तिको अध्यक्षमा बाबुरामलाई दिए नेत्र चापागाईंले चुनौती


एबीसी न्यूज
२९ माघ २०८१, मंगलबार   ११ : ३३   बजे

काठमाडौं २९ माघ । बाबुराम भट्टराई नेतृत्वको नेसपा नयाँ शक्ति०को महाधिवेशन अन्तर्गत आजबाट नेतृत्व चयन प्रकिया सुरु भएको छ। नेसपा ९नयाँ शक्ति०को महाधिवेशन विगत तीन दिनदेखि काठमाडौँमा जारी छ।
निर्वाचन आयोगका प्रमुख रामकुमार पुरीका अनुसार अहिले उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ। ९९ सदस्यीय केन्द्रीय कमिटी चयनका लागि साढे ३ सय भन्दा धेरैको उम्मेदवारी परेको छ।

पार्टी अध्यक्षका लागि डा।बाबुराम भट्टराई र नेत्रप्रसाद चापागाईंको उम्मेदवारी दर्ता भएको छ। चापागाईं नेपाल समाजवादी विद्यार्थी युनियनमा अध्यक्षसमेत भइसकेका नेता हुन्। उम्मेदवारको दाबी विरोधका लागि मंगलबार बिहान साढे ९ बजेसम्मको समय निर्धारण गरिएको छ।

आजै ११ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने तयारी छ। बाँकी प्रक्रिया पूरा गरेपछि आजै दिउँसो ३ बजेबाट नयाँ नेतृत्व चयनको लागि मतदान गराउने तयारी निर्वाचन आयोगले गरेको छ।

पार्टीको दलित उपाध्यक्षमा दूर्गा सोब र महिला उपाध्यक्षमा मानुषी यमी भट्टराइको एकल उम्मेदवारी परेको छ। केन्द्रीय समितिमा ९० जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् चुनिने छन्। ९ जना भने मनोनीत हुने व्यववस्था नेसपा नयाँशक्तिको छ।

आदिवासी जनजाती उपाध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ। जसमा रामबहादुर घले, टेकबहादुर बाठामगर, अनुपसिंह सुवाल र दलबहादुर लिम्बु छन् ।

मधेशी उपाध्यक्षमा उमेश साह र चिनक कुर्मीको उम्मेदवारी परेको छ। महासचिवमा घमानसिंह गुरुङ, सोनाम सिंह स्याङ्तान र राजु नेपालको उम्मेदवारी परेको छ।

खुला सचिवमा भरतराज दाहाल, दानबहादुर सहकारी, लक्ष्मण कार्की र छन्दबहादुर पन्थीको उम्मेदवारी परेको छ। त्यसैगरी महिला सचिवमा श्रीजना सुवेदी, आशाकुमारी तामाङ र सृजना रिजालले उम्मेदवारी दर्ता गरेका छन्।

त्यसैगरि कोषाध्यक्षमा हरिप्रसाद रिजाल र गोकर्णप्रसाद अधिकारीले उम्मेदवारी दिएका छन्।

नेसपा नयाँ शक्तिले समावेशी समानुपातिक आधारमा दलित, आदिवासी जनजाति, खसरआर्य, मधेशी, थारु, मुस्लिम र धार्मिक, यौनिक तथा जातीय भाषिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व हुने गरी केन्द्रीय समिति छनोटको आधार तय गरिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group