ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चरेस बोकेको समूहका २ व्यक्ति पक्राउ परे, एकजना प्रहरीलाई पिटेर भागे


एबीसी न्यूज
२९ माघ २०८१, मंगलबार   ११ : ५०   बजे

काठमाडौं २९ माघ । कञ्चनपुरको भीमदत्त नगरपालिका(९ ब्रह्मदेव जिरो प्वाइन्टबाट चरेससहित दुई जना पक्राउ परेका छन्। मंगलबार बिहान सशस्त्र प्रहरीको बीओपी नजिकबाट ९ किलोग्रामभन्दा बढी चरेससहित प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बझाङको छबीसपाथीभेरा गाउँपालिका(२ का ३५ वर्षीय महेन्द्रबहादुर रोकाया र ४२ वर्षीय अमरबहादुर रोकाया छन्। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी निरीक्षक डम्बरदत्त भट्टका अनुसार तीन जना चरेस बोकेर भारततर्फ गइरहेका थिए।

इलाका प्रहरी कार्यालय ब्रह्मदेवका प्रहरी नायब निरीक्षक दीपेन्द्र चन्दको नेतृत्वमा खटिएको टोलीले शंका लागेर जाँच गर्ने बेला उनीहरूको साथमा चरेस फेला परेको हो।
उनीहरूले शरीरमा चरेस बाँधेर बाहिरबाट ज्याकेट लगाएका थिए। बझाङबाट चरेस लिएर आएका उनीहरू भारततर्फ गइरहेको खुलेको छ।

जाँच गर्ने क्रममा चरेस बोकेको समूहमा रहेका एक जना भने प्रहरीलाई हातपात गरेर भारततर्फ भागेको प्रहरीले जनाएको छ।

ती व्यक्ति बझाङको छबीसपाथीभेरा गाउँपालिका(२ का ४३ वर्षीय दीपक भनिने रामबहादुर ऐरी भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

हातपातबाट घाइते प्रहरीलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल ल्याइइको प्रहरीले जनाएको छ।

चरेससहित पक्राउ परेका दुई जनाबारे अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group