ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बूढानीलकण्ठबाट पक्राउ परेका २३ भारतीयको कारोबार ३ अर्ब बढी भेटियो


एबीसी न्यूज
२९ माघ २०८१, मंगलबार   ५ : २३   बजे

काठमाडौं २९ माघ । काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ परेका २३ जना भारतीयले अवैध रुपमा ३ अर्ब बढीको कारोबार गरेको विवरण फेला परेको छ। बूढानीलकण्ठको एक घर भाडामा लिएर उनीहरूलाई अनलाइन सट्टाबाजी, क्रिप्टो लगायतको कारोबार गराएको प्रहरीको दाबी छ। आइतबार बेलुकी जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरूले कारोबार गरिरहेको उक्त घरमा छापा मारेको थियो। आरोपित सबै भारतीयलाई मंगलबार परिसरले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।
उनीहरूले उक्त घरमा एक वर्षदेखि अनलाइनमार्फत सट्टेबाजी गर्दै आएको परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए। उनीहरूले गरेको आर्थिक कारोबारको हिसाबकिताब राखिएको नोटबुक प्रहरीले फेला पारेको छ। अनलाइन वेटिङ साइटमार्फत ठूलो मात्रामा रकम हारजित हुने गरी सट्टेबाजी खेल्ने खेलाउने कार्य गरेको एसपी बोहराले बताए।
गेमिङ साइटको बारेमा एजेण्टहरूको सम्पर्क नम्बरसहितको विवरण राखेर फेसबुक तथा इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरूमा विज्ञापन राखी प्रचार(प्रसार गर्ने गरेको पाइएको छ। बरामद भएको नोटबुकको अध्ययन गर्दा प्रतिवादीहरूले ३ अर्ब १३ करोडभन्दा बढी नेपाली रकमको कारोबार गरेको देखिएको प्रहरीको दाबी छ।
उनीहरूको मोबाइलमा ८६ लाख ९१ हजार ९७१ रुपैयाँ बराबरको क्रिप्टो करेन्सीको कारोबारसमेत भएको अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका भारतीयका ८८ वटा मोबाइल, १० वटा ल्यापटप, भारतीय सिम ५०, भारतीय एटीएम, विभिन्न व्यक्तिको आधार कार्ड १५ थान र हिसाब(किताब विवरण भएको डायरी ७ वटा बरामद भएको छ।
यी हुन् पक्राउ परेका २३ भारतीय
वकिल कुमार यादव
किशोरी प्रसाद यादव
रोहितकुमार यादव
मुन्नाकुमार यादव
बादलकुमार जैसवाल
रावलकुमार यादव
विपिनकुमार यादव
शंकर कुमार यादव
रोहित कुमार
भवेश कुमार
अभिषेक कुमार
कुलबिन्दर सिंह
हर्ष जैसवाल
सुरज शाह
श्रेष्ठ गुप्ता
बिठ्ठु कुमार
सुनिल कुमार जैसवाल
मोहम्मद साहिद मालिक
सौरभ खरुवा
चन्दन यादव
श्याम कुमार
एस बालकृष्ण
सुरेन्द्र कुमार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

सम्बन्धित

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group