ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुस-युक्रेन युद्ध अन्त्य गराउन ट्रम्प सक्रिय, पुटिनपछि जेलेन्स्कीसँग फोनवार्ता


एबीसी न्यूज
१ फाल्गुन २०८१, बिहिबार   ११ : ००   बजे

काठमाडौं १ फगुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग फोनमा कुराकानी गरेका छन्।

यसअघि ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरेका थिए। यो जानकारी ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले बुधबार दिएकी हुन्।

लेभिटले जेलेन्स्की र ट्रम्प बीचको कुराकानी ‘धेरै सकारात्मक’ रहेको बताएकी छन्। उनका अनुसार अमेरिकी सरकार शान्ति सम्झौता र रुस(युक्रेन युद्ध अन्त्य गर्न प्रतिबद्ध छ।

लेभिटले राष्ट्रपति ट्रम्पलाई उद्धृत गर्दै भनेकी छन्, ‘अमेरिका र युक्रेनी नेताहरूबीच शुक्रबार म्युनिखमा हुने बैठकबारे वार्ता भएको छ।’

त्यहाँ अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोले प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्।

यसैबीच युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पनि सामाजिक सञ्जालमार्फत अमेरिकी राष्ट्रपति ट्रम्पसँग लामो कुराकानी भएको जानकारी दिएका छन्।

उनले एक्समा लेखेका छन्, ‘राष्ट्रपति ट्रम्पसँग लामो र विस्तृत कुराकानी भयो। शान्ति निर्माण गर्न हामी कसरी मिलेर काम गर्न सक्छौँ भन्ने कुरामा उहाँले चासो देखाएकामा म आभारी छु। उहाँ ९ट्रम्प० ले मलाई राष्ट्रपति पुटिनले भनेको कुरा सुनाउनुभयो।’

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले रुसका राष्ट्रपति पुटिनसँग कुरा भएको र आफूहरू भेटवार्ता गर्ने तय भएको बताएका थिए।

रुस र युक्रेनबीच फेब्रुअरी २०२२ देखि युद्ध जारी छ। जसमा नेपालीहरू समेत होमिएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रहरी खरिद अनियमितताबारे छानबिन मागेपछि लेखा समितिमा विवाद

रेडक्रसको विधान संशोधन कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित

कोलम्बिया भूकम्प : ४८ घण्टापछि भग्नावशेषबाट नवजात शिशुको जीवित उद्धार

जीपीएस जाम भए पनि चिनियाँ हाइपरसोनिक क्षेप्यास्त्रलाई ताराले बाटो देखाउने दाबी

पुटिनको चेतावनी : रुसी जहाज रोकिए युरोपेली जहाज पनि कब्जा गर्ने दाबी

इरानी धम्कीपछि ट्रम्पको गोप्य विमान परिवर्तन : अंकाराबाट ‘क्याटरिङ ट्रक’ हुँदै अर्को विमानमा सारिए

हङकङको साइकुङमा आगलागी, दुई घर र चार स्पिडबोटमा क्षति

चीनका पूर्वप्रधानमन्त्री जु रोङ्जीको ९७ वर्षको उमेरमा निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu