ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय प्रधानमन्त्री मोदी दुई दिने भ्रमणका लागि अमेरिकामा


एबीसी न्यूज
१ फाल्गुन २०८१, बिहिबार   ३ : ५७   बजे

काठमाडौं १ फगुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको वाशिङ्टन डीसी पुग्नुभएको छ । उहाँलाई अमेरिकी राष्ट्रपतिको अतिथि भवनमा राखिएको बीबीसीले जनाएको छ ।

प्रधानमन्त्रीको स्वागत गर्न भारतीय मूलका धेरै मानिस त्यहाँ पुगेका छन् । मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भोलि भेट्ने कार्यक्रम छ । भेटघाटपछि द्विपक्षीय वार्ता, पत्रकार सम्मेलन र रात्रि भोजको कार्यक्रम रहेको खबरमा उल्लेख छ ।

अस्ति पेरिसमा भएको एआई समिट २०२५ मा सहभागी हुन फ्रान्स जानुभएका मोदी त्यहाँको भ्रमण सकेर अमेरिकाको दुई दिने भ्रमणमा निस्किनुभएको हो ।

भ्रमणका क्रममा राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच भारतले अमेरिकी निर्मित सुरक्षा उपकरणको खरिद बढाउने र निष्पक्ष द्विपक्षीय व्यापारिक सम्बन्धतर्फ अघि बढ्नेबारे छलफल हुने खबरमा उल्लेख छ ।

यसअघि गएको जनवरी २७ मा दुई नेताबीच भएको टेलिफोन वार्तामा दुवै नेताले अमेरिका–भारत रणनीतिक साझेदारी र इन्डो–प्यासिफिक क्वाड साझेदारीलाई अगाडि बढाउन आफ्नो प्रतिबद्धतालाई जोड दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रहरी खरिद अनियमितताबारे छानबिन मागेपछि लेखा समितिमा विवाद

रेडक्रसको विधान संशोधन कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित

कोलम्बिया भूकम्प : ४८ घण्टापछि भग्नावशेषबाट नवजात शिशुको जीवित उद्धार

जीपीएस जाम भए पनि चिनियाँ हाइपरसोनिक क्षेप्यास्त्रलाई ताराले बाटो देखाउने दाबी

पुटिनको चेतावनी : रुसी जहाज रोकिए युरोपेली जहाज पनि कब्जा गर्ने दाबी

इरानी धम्कीपछि ट्रम्पको गोप्य विमान परिवर्तन : अंकाराबाट ‘क्याटरिङ ट्रक’ हुँदै अर्को विमानमा सारिए

हङकङको साइकुङमा आगलागी, दुई घर र चार स्पिडबोटमा क्षति

चीनका पूर्वप्रधानमन्त्री जु रोङ्जीको ९७ वर्षको उमेरमा निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu