ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसको भ्रातृ संस्था प्रजातन्त्र सेनानी संघले २५ वर्षपछि अधिवेशन गर्दै


एबीसी न्यूज
२ फाल्गुन २०८१, शुक्रबार   ११ : १३   बजे

काठमाडौं २ फागुन । नेपाली कांग्रेसको भ्रातृ संस्था प्रजातन्त्र सेनानी संघले २५ वर्षपछि दोस्रो अधिवेशन गर्न लागेको छ ।

२०५३ सालमा पहिलो अधिवेशन गरेको संघले ७ देखि १० फागुनसम्म दोस्रो अधिवेशन गर्न लागेका हो । तीन वर्षे कार्यकाल हुने प्रजातन्त्र सेनानी संघको दोस्रो अधिवेशन नियमित समयमा हुँदा २०५६ सालमा हुनुपर्ने थियो ।

यसबीचमा तदर्थ समितिबाट प्रजातन्त्र सेनानी संघ क्रियाशील थियो । २०५३ देखि हालसम्म चार जना अध्यक्ष बनेका छन् । संस्थापक अध्यक्ष कमल चित्रकारपछि तदर्थ समितिबाट संस्था सञ्चालित छ ।

चीजकुमार श्रेष्ठ, टंकमणि शर्मा कँडेल, बालकृष्ण दाहाल तदर्थ समितिका अध्यक्ष हुन् ।

गत मंसिरमा तदर्थ समितिको नयाँ नेतृत्वमा दाहाल मनोनीत भएका थिए । दाहालले दोस्रो अधिवेशन गराउन लागेका छन् । कर्णालीबाहेक अन्य प्रदेशमा अधिवेशन सकिएको अध्यक्ष दाहाल जानकारी गराए ।

अधिवशेन हुन नसकेका जिल्लाबाट प्रतिनिधिहरू पनि महाधिवेशनमा आउन सकिने व्यवस्था गरिएको उनले सुनाए । अधिवेशन हुन दुई जिल्ला बाँकी रहेको दाहालले जानकारी गराए । महाधिवेशनमा चार सय बढी प्रतिनिधि सहभागी हुनेछन् ।

संशोधित विधान अनुसार केन्द्रीय कार्यसमितिको पदाधिकारीको संख्या ८ सहित सदस्य ५१ जनाको हुन्छ । हाल तदर्थ समिति भने ९५ सदस्यीय छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने महाअधिवेशनको उद्धघाट्न सभापति शेरबहादुर देउवाले गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाँदरको आतङ्कले किसान चिन्तित, अनुदानभन्दा नियन्त्रण माग

देशभर मनसुनी वायुको प्रभाव, केही प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu