ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाँदरको आतङ्कले किसान चिन्तित, अनुदानभन्दा नियन्त्रण माग


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ७ : ४५   बजे

बाँदरको आतङ्कले खेती छाड्दै जैमिनीका किसान, अनुदानभन्दा नियन्त्रणको माग

गलकोट (बागलुङ) । जैमिनी नगरपालिकाका किसान बाँदरको आतङ्कबाट हैरान भएका छन्। वर्षभरि मेहनत गरेर लगाएको खेती बाँदरले केही घण्टामै नष्ट गर्न थालेपछि किसानले अनुदानभन्दा पहिले बाँदर नियन्त्रणको प्रभावकारी योजना ल्याउन नगरपालिकासँग माग गरेका छन्।

जैमिनी क्षेत्रका किसानका अनुसार मकै, धान, कोदो, गहुँदेखि तरकारीबालीसम्म बाँदरले नष्ट गर्ने गरेको छ। खेती जोगाउन खेतमै दिन बिताउनुपर्ने अवस्था आएपछि कतिपय किसान कृषि पेसाबाटै विस्थापित हुने जोखिम बढेको छ।

स्थानीय किसान सकसबहादुर क्षेत्रीले छ महिनासम्म लगाएको खेती एकै दिनमा बाँदरले सखाप पार्ने गरेको बताए। अनुदानमा पाएको बिउसमेत उत्पादन गरेर घर भित्र्याउन नपाउने अवस्था रहेको भन्दै उनले अनुदानमुखी कार्यक्रमभन्दा बाँदर नियन्त्रणलाई प्राथमिकता दिन नगरपालिकासँग माग गरे।

अर्का किसान पदमबहादुर श्रीसले नगरप्रमुखलाई ‘बाँदर पार्क खै ?’ भन्दै प्रश्न गरे। उनका अनुसार बाँदर गाउँमा पस्ने क्रम बढ्दै जाँदा मानिस भने बसाइँ सरेर बाहिरिन थालेका छन्।

खेत जोगाउनै मुस्किल

श्रीसका अनुसार बाली पाक्ने समयमा पनि किसानले उत्पादन भित्र्याउनेभन्दा बाँदर धपाउन बढी समय खर्चिनुपर्छ।

“घरभित्रै छिरेर भकारीको अन्नसमेत नष्ट बनाउँछ । हामीलाई त हैरानै पारिदियो । हुनेखाने सहर छिरे, हामी किसान कता जाने ?” उनले भने।

किसान काशीराम आचार्यले पनि मल, बिउ र अन्य अनुदान दिनुभन्दा पहिले किसानले लगाएको खेती जोगाउने वातावरण बनाउनुपर्ने बताए।

“हामीलाई मल, बिउ वा अनुदानका कार्यक्रमभन्दा पहिले हामीले लगाएको खेती बाँदरबाट जोगाइदिनुस्,” उनले भने।

‘बाँदर बगैँचा’ योजना कानुनी अड्चनमा

जैमिनी नगरपालिकाले बाँदर नियन्त्रणका लागि ‘बाँदर बगैँचा’ निर्माणको अवधारणा अघि सारेको छ। तर बाँदरलाई नियन्त्रणमा लिएर निश्चित क्षेत्रमा राख्ने कानुनी व्यवस्था स्पष्ट नभएकाले योजना कार्यान्वयनमा समस्या आएको नगरप्रमुख नरबहादुर पुनले बताए।

उनका अनुसार जैमिनीमा बाँदरका कारण खेतीपाती गर्न कठिन हुँदै गएको विषय नगरपालिकाले गम्भीर रूपमा लिएको छ। बाँदरलाई खेतीयोग्य बस्तीबाट टाढा राख्ने उद्देश्यले निश्चित क्षेत्रमा आकर्षित गर्ने योजना बनाइए पनि कानुनी र प्राविधिक जटिलताले काम अघि बढ्न सकेको छैन।

नगरउपप्रमुख हरिहर शर्माका अनुसार बाँदर व्यवस्थापन स्थानीय तहको सीमित स्रोतसाधनबाट मात्रै सम्भव छैन। छिस्तीको पुरानो गाउँ क्षेत्रमा पूर्वाधार निर्माण गरी बाँदरलाई आवश्यक पर्ने फलफूलका बिरुवासमेत रोपिएको भए पनि कानुनी तथा प्राविधिक तयारी पूरा नहुँदा योजना अघि बढ्न नसकेको उनले बताए।

बसाइँसराइ बढ्ने चिन्ता

किसानले बाँदरका कारण खेतीयोग्य जमिन बाँझिँदै गएको र गाउँबाट मानिस बसाइँ सर्ने क्रम बढ्न थालेको बताएका छन्। खेतीबाटै जीविकोपार्जन गर्ने परिवारका लागि बाँदरको समस्या झन् गम्भीर बन्दै गएको उनीहरूको भनाइ छ।

किसानले तत्काल प्रभावकारी नियन्त्रणको उपाय खोज्न, आवश्यक परे कानुनी व्यवस्था संशोधन गर्न र ‘बाँदर बगैँचा’ जस्ता योजनालाई व्यवहारमा कार्यान्वयन गर्न माग गरेका छन्।

किसानको माग स्पष्ट छ—अनुदानभन्दा पहिले खेती जोगाउने व्यवस्था गरियोस्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी अस्पतालले तलब रोक्ने निर्णय गरेपछि इन्टर्न चिकित्सक आन्दोलनमा

रोल्पामा पहिरोले घर र गोठ पुरिँदा दुई जनाको मृत्यु, दुई घाइते

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

निजी अस्पतालले तलब रोक्ने निर्णय गरेपछि इन्टर्न चिकित्सक आन्दोलनमा

रोल्पामा पहिरोले घर र गोठ पुरिँदा दुई जनाको मृत्यु, दुई घाइते

कास्की कारागार प्रमुखमा अब उपसचिव, नौ जिल्लाका सिडिओको दरबन्दी घट्यो

कास्कीमा पालिका र वडाको संख्या तथा सीमा पुनरावलोकनबारे छलफल

आठ स्थानीय तहका केन्द्र अझै सडक सञ्जालबाट बाहिर

भारतीय सेनामा नेपाली युवाको भर्ती पुनः खुलाउन माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu