ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज पोखरा भ्रमण वर्ष घोषणा हुँदै : २० लाख पर्यटक भित्र्याउने लक्ष्य


एबीसी न्यूज
३ फाल्गुन २०८१, शनिबार   ११ : २४   बजे

काठमाडौं ३ फागुन । पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित आज ‘पोखरा भ्रमण वर्ष–सन् २०२५’ को घोषणा हुँदैछ ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई गएको वर्ष ‘पर्यटनको राजधानी’ घोषणा गरेकोमा यसवर्ष स्वदेशी तथा विदेशी गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ भ्रमण वर्षको घोषणा गर्न लागिएको जानकारी दिनुभयो ।

पोखरा महानगर–९ नयाँ बजारमा रहेको प्रदर्शनी केन्द्रमा आज हुने समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको विशेष उपस्थितिमा भ्रमण वर्ष घोषणा हुँदैछ । गण्डकी प्रदेशको राजधानी पोखरालाई गएको वर्ष चैतमा ‘पर्यटनको राजधानी’ घोषणा गरिएको थियो ।

भ्रमण वर्षको अवधिभर क्रियाशील रहने गरी महानगरका मेयर आचार्यको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । यस्तै, पर्यटन व्यवसायी गोपीबहादुर भट्टराईको संयोजकत्वमा कार्यसम्पादन समिति र विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी ४३ वटा समितिहरू गठन गरिएका छन् ।

भ्रमण वर्षको अवधिभर पोखरा महानगरपालिकोतर्फबाट विभिन्न किसिमका पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिने भएको छ । भ्रमण वर्ष सफल बनाउनका लागि विभिन्न देशका राजदूतको समेत सहभागिता रहने मेयर आचार्यले बताउनुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखरा भ्रमण वर्षले पर्यटनको क्षेत्रमा राम्रो हुने बताउदै त्यसलाई सफल बनाउनका लागि पर्यटनसँग सम्बद्ध सङ्घ संस्थाले सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group