ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिदेशीय एकदिवसीय क्रिकेट शृङ्खला : पाकिस्तानलाई हराउँदै उपाधि न्युजिल्याण्डले जित्याे


एबीसी न्यूज
३ फाल्गुन २०८१, शनिबार   ११ : ४०   बजे

काठमाडौं ३ फागुन । पाकिस्तानलाई हराउँदै त्रिदेशीय एकदिवसीय क्रिकेट शृङ्खलाको उपाधि न्युजिल्याण्डले जितेको छ । कराँचीमा गएराति भएको खेलमा पाकिस्तान ५ विकेटले पराजित भयो ।

जीतका लागि दुई सय ४३ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४५ ओभर २ बलमा ५ विकेट गुमाएर भेट्टायो । उसका दुई खेलाडीले अर्धशतक बनाए । ड्याल मिचेलले सर्वाधिक ५७ र टम लाथमले ५६ रन जोडे । डेभन कन्भे ४८ रनमा आउट भए ।

पाकिस्तानका नसिम शाहले दुई तथा शाहिन शाह अफ्रिदी, अबरार अहमद र सलमान अघाले समान एकरएक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तान ४९ ओभर ३ बलमा दुई सय ४२ रनमा अलआउट भएको थियो । उसका कप्तान मोहम्मद रिजवानले सर्वाधिक ४६ रन बनाए । सलमान अघाले ४५ रन जोडे ।

न्युजिल्याण्डका विल ओरोर्केले चार विकेट लिए । ब्रेसवेल र मिचेल स्यान्टनरले समान दुईरदुई विकेट लिए । च्याम्पियन्स ट्रफी अघि अन्तिम तयारीका लागि न्युजिल्यान्ड, दक्षिण अफ्रिका र पाकिस्तानले यो शृङ्खला खेलेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको आन्तरिक विवादमा नयाँ मोड : पूर्णबहादुर खड्कालाई शशांकको भेट, ‘पार्टी फुट्नु हुँदैन’

राष्ट्रियसभा बैठक आज बस्दै, आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक पेस हुने

सम्बन्धित

फिफा निलम्बनपछि नेपाली फुटबल संकटमा : तीन महिनापछि साफ च्याम्पियनसिप, नेपालको सहभागिता अनिश्चित

बुबाको निधनपछि भावुक मेसी : ‘तपाईंविना कसरी अगाडि बढ्ने थाहा छैन’

चार वर्षदेखि रोकिएको कर्णालीका खेलाडीको पुरस्कार एकमुष्ट वितरण

हङकङको साइकुङमा आगलागी, दुई घर र चार स्पिडबोटमा क्षति

बुटवलमा अन्तर्राष्ट्रिय पुरुष भलिबल हुँदै, ६ देशका टोली सहभागी हुने

चीनका पूर्वप्रधानमन्त्री जु रोङ्जीको ९७ वर्षको उमेरमा निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu