ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चार वर्षदेखि रोकिएको कर्णालीका खेलाडीको पुरस्कार एकमुष्ट वितरण


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ८ : ०५   बजे

सुर्खेत । कर्णाली प्रदेश सरकारले चार वर्षदेखि रोकिएको खेलाडीको पुरस्कार रकम एकमुष्ट वितरण गरेको छ। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका कर्णालीका करिब १५० खेलाडीलाई पदकका आधारमा पुरस्कार प्रदान गरिएको हो।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का अनुसार अन्तर्राष्ट्रिय, राष्ट्रिय, राष्ट्रपति रनिङ शिल्ड तथा अन्तरप्रदेश खेलकुद प्रतियोगितामा पदक जितेका खेलाडीलाई प्रदेश सरकारले तोकेको मापदण्डअनुसार पुरस्कार दिइएको हो।

परिषद्का लेखा अधिकृत लभविक्रम शाहका अनुसार अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्णपदक विजेतालाई २ लाख ५० हजार, रजतपदक विजेतालाई २ लाख र कास्यपदक विजेतालाई ७५ हजार रुपैयाँ पुरस्कार दिने व्यवस्था छ। एसियाली खेलकुदमा कास्यपदक जित्नेलाई १ लाख रुपैयाँ दिने निर्णय गरिएको छ।

त्यस्तै, राष्ट्रियस्तरका प्रतियोगितामा स्वर्णपदक विजेताले २० हजार, रजतपदक विजेताले १५ हजार र कास्यपदक विजेताले १० हजार रुपैयाँ पाउने व्यवस्था छ। सोही आधारमा राष्ट्रपति रनिङ शिल्ड र अन्तरप्रदेश खेलकुद प्रतियोगिताका पदक विजेतालाई पनि पुरस्कार दिइएको परिषद्ले जनाएको छ।

एलिसाले पाइन् ११ लाख ७० हजार

यसपटक सबैभन्दा बढी पुरस्कार कराँतेकी एलिसा रास्कोटीले प्राप्त गरेकी छन्। उनले पछिल्ला चार वर्षमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगितामा जितेका विभिन्न पदकबापत ११ लाख ७० हजार रुपैयाँ एकमुष्ट पाएकी हुन्।

कराँतेकै प्रियंका शाहीले ३ लाख ५ हजार, दीपक हमालले १ लाख ५० हजार, कृतिका कटुवालले १ लाख २७ हजार र दीपक विकले ५० हजार रुपैयाँ पुरस्कार पाएका छन्।

कबड्डीतर्फ बिनिता पण्डित क्षेत्रीले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन्। क्रिकेटतर्फ विपिन शर्मा, रोशन शाहीलगायत खेलाडीलाई पनि विभिन्न प्रतियोगितामा जितेका पदकका आधारमा पुरस्कार दिइएको परिषद्ले जनाएको छ।

५० लाखभन्दा बढी वितरण

यसपटक १४औँ, १५औँ र १६औँ राष्ट्रपति रनिङ शिल्ड तथा प्रथम अन्तरप्रदेश खेलकुद प्रतियोगिताका पदक विजेता खेलाडी पनि पुरस्कार पाउने सूचीमा समेटिएका छन्।

परिषद्का सदस्य–सचिव रविन्द्र चन्दका अनुसार चार वर्षदेखि रोकिएको पुरस्कार रकम वितरण गर्दा ५० लाख रुपैयाँभन्दा बढी खर्च भएको छ।

यस वर्ष पुरस्कारबाट छुटेका खेलाडीलाई आगामी पुरस्कार वितरणसँगै सम्मान गरिने चन्दले बताए। समयमै पुरस्कार उपलब्ध गराउँदै खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा थप उत्साहित बनाउने उद्देश्यले पुरस्कार वितरणलाई निरन्तरता दिने परिषद्ले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पोखराको सेती नदीमा निर्माणाधीन सिग्नेचर पुलको काम ७० प्रतिशत सम्पन्न

कांग्रेस सुस्ता सभापति जैसवालसहित ३ सयभन्दा बढी रास्वपामा प्रवेश

सम्बन्धित

बुटवलमा अन्तर्राष्ट्रिय पुरुष भलिबल हुँदै, ६ देशका टोली सहभागी हुने

एसीसी प्रिमियर कपको खेलतालिका परिवर्तन: नेपालको पहिलो खेल अगस्ट ३१ मा

नेपाली महिला खेलाडी विभिन्न प्रकारका दुर्व्यवहारको सिकार, अध्ययनले देखायो यस्तो अवस्था

नागोया वुमेन्स म्याराथनमा नेपाली धाविकाका लागि अवसर, अन्तर्राष्ट्रिय आवेदन खुल्यो

सन्दीपलाई फेरि कप्तानीको जिम्मेवारी, संकटमा रहेको नेपाललाई उकास्ने चुनौती

क्रिस्टियानो रोनाल्डोले जर्जिना रोड्रिगेजसँग गरे विवाह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu