ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली महिला खेलाडी विभिन्न प्रकारका दुर्व्यवहारको सिकार, अध्ययनले देखायो यस्तो अवस्था


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ५ : ०५   बजे

काठमाडौँ । नेपाली खेलकुद क्षेत्रमा महिला खेलाडीहरू विभिन्न प्रकारका दुर्व्यवहारको सिकार हुने गरेको एक अध्ययनले देखाएको छ।

नेशनल एसोसिएसन अफ स्पोर्ट्स हेल्थ एन्ड फिटनेस सेन्टर (एनएएसएचएफ नेपाल) ले सन् २०२६ मा नेपालका १५ वटा खेलका २७६ जना महिला खेलाडीमाथि गरेको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो।

सर्वेक्षणमा सहभागी खेलाडीहरू २०औँ आइची–नागोया एसियाली खेलकुदसहित अन्य अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा क्षेत्रीय प्रतियोगिताका लागि प्रशिक्षणमा रहेका थिए।

अध्ययनमा कराते, कबड्डी, एथलेटिक्स, भारोत्तोलन, जिम्न्यास्टिक, जुडो, भलिबल, बक्सिङ, उसु, तेक्वान्दो, फुटबल, आर्चरी, बास्केटबल, टेबल टेनिस र रग्बीका महिला खेलाडीलाई समेटिएको थियो।

एनएएसएचएफ नेपालका अध्यक्ष प्रोफेसर दिवाकरलाल अमात्यको नेतृत्वमा चार सदस्यीय टोलीले अध्ययन गरेको हो। टोलीमा खेलकुद विज्ञ कुमारी हिरा पन्त, त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्पोर्ट्स साइन्सका लेक्चरर चन्दन कोजु र खेलकुद विज्ञ ज्योति गिरी सहभागी थिए।

छनोटदेखि प्रशिक्षणसम्म दुर्व्यवहार

‘नेपाली महिला खेलकुदमाथि हुने यौन उत्पीडनको अवस्था’ शीर्षकमा तयार पारिएको २७ पृष्ठ लामो प्रतिवेदनले महिला खेलाडीहरू विभिन्न चरणमा यौन तथा अन्य दुर्व्यवहारको जोखिममा पर्ने देखाएको छ।

सर्वेक्षणमा सहभागीमध्ये ३०.८ प्रतिशत महिला खेलाडीले प्रतियोगिताको छनोट प्रक्रियाका क्रममा कुनै न कुनै प्रकारको दुर्व्यवहार सामना गरेकोबताएका छन्।

त्यस्तै, ३३.३ प्रतिशत खेलाडीले प्रशिक्षण तथा प्रतिस्पर्धाका क्रममा प्रशिक्षकबाट अवाञ्छित वा आपत्तिजनक शब्द प्रयोग हुने गरेको बताएका छन्।

प्रतिवेदनका अनुसार डर तथा सामाजिक लाञ्छनाका कारण २६.१ प्रतिशत पीडितले आफूले भोगेको घटनाबारे कसैलाई जानकारी नै नदिई मौन बसेका थिए।

दुर्व्यवहारले मानसिक स्वास्थ्यमा असर

अध्ययनले दुर्व्यवहारको असर महिला खेलाडीहरूको मानसिक स्वास्थ्यमा समेत गम्भीर रूपमा परेको देखाएको छ।

प्रतिवेदनअनुसार पीडितमध्ये ६५.२ प्रतिशतले गम्भीर मानसिक तनाव सामना गर्नुपरेको बताएका छन्। त्यस्तै, ४६.३८ प्रतिशतले निराशा महसुस गरेको र २०.२९ प्रतिशतले आफूलाई असहाय महसुस गरेको बताएका छन्।

त्यसैगरी, १३.०४ प्रतिशत महिला खेलाडीले खेल नै छाड्ने विचार गरेको अध्ययनमा उल्लेख छ।

यस्ता घटनाले खेलाडीहरूको मानसिक अवस्थासँगै उनीहरूको खेल कौशल र प्रतिस्पर्धात्मक क्षमतामा समेत नकारात्मक प्रभाव पार्ने प्रतिवेदनले औँल्याएको छ।

पीडितको सुरक्षादेखि कानुनी कारबाहीसम्म माग

अध्ययनमा सहभागी महिला खेलाडीहरूले दुर्व्यवहार नियन्त्रण तथा खेलाडीको सुरक्षा सुनिश्चित गर्न विभिन्न उपाय अवलम्बन गर्न सुझाव दिएका छन्।

४६.४ प्रतिशत खेलाडीले देशव्यापी चेतनामूलक कार्यक्रम र सशक्तीकरण तालिम सञ्चालन गर्नुपर्ने माग गरेका छन्।

त्यस्तै, दुर्व्यवहारमा संलग्न व्यक्तिमाथि कडा कानुनी कारबाही गर्नुपर्ने, उजुरी दर्ताका लागि छुट्टै महिला कक्ष स्थापना गर्नुपर्ने तथा खेलाडीको शारीरिक रिकभरी र कल्याणका लागि निःशुल्क फिजियोथेरापीको व्यवस्था गर्नुपर्ने सुझाव उनीहरूले दिएका छन्।

प्रतिवेदनले पीडितको आवाजलाई सम्मान गर्दै उनीहरूले दिएका उजुरी तथा घटनालाई पूर्ण रूपमा गोप्य राख्नुपर्नेमा पनि जोड दिएको छ।

खेलकुदमा सुरक्षित वातावरण आवश्यक

अध्ययनको निष्कर्षमा महिला खेलाडीको सुरक्षा, सम्मान र मर्यादा सुनिश्चित हुने वातावरण निर्माण गर्नु नेपाली खेलकुद क्षेत्रको प्रमुख आवश्यकता रहेको उल्लेख गरिएको छ।

यसका लागि सरकार, खेलकुद निकाय, प्रशिक्षक तथा सम्बन्धित सरोकारवालाले महिला खेलाडीको सुरक्षाका लागि तत्काल ठोस कदम चाल्नुपर्ने प्रतिवेदनले सुझाव दिएको छ।

अध्ययन कसरी गरिएको थियो?

एनएएसएचएफ नेपालले सन् २०२६ मा नेपालका १५ वटा खेलका २७६ जना महिला खेलाडीलाई अध्ययनमा सहभागी गराएको थियो।

सर्वेक्षणमा सहभागी खेलाडीहरू २०औँ आइची–नागोया एसियाली खेलकुदसहित विभिन्न अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा क्षेत्रीय प्रतियोगिताको तयारीका क्रममा प्रशिक्षणमा रहेका थिए।

अध्ययनले महिला खेलाडीहरूले सामना गरिरहेका दुर्व्यवहारका घटना, त्यसको मानसिक प्रभाव तथा समस्या समाधानका लागि खेलाडीहरूले अपेक्षा गरेका उपायलाई समेटेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सडक निर्माणमा जग्गाधनीलाई मुआब्जा अनिवार्य: सर्वोच्च अदालतको फैसला

कोसी सरकारबाट कांग्रेस बाहिरियो, एमाले–नेकपाबीच नयाँ सत्ता समीकरणको तयारी

सम्बन्धित

नागोया वुमेन्स म्याराथनमा नेपाली धाविकाका लागि अवसर, अन्तर्राष्ट्रिय आवेदन खुल्यो

सन्दीपलाई फेरि कप्तानीको जिम्मेवारी, संकटमा रहेको नेपाललाई उकास्ने चुनौती

क्रिस्टियानो रोनाल्डोले जर्जिना रोड्रिगेजसँग गरे विवाह

वीरेठाँटी माविमा तेक्वान्दो प्रशिक्षणको तेस्रो चरण सम्पन्न

सन्दीप लामिछाने फेरि ओडिआई कप्तान, नेपालले जित्यो एसियन गेम्स टी–२० छनोट

ट्रम्पले गरे इन्फान्टिनोको बचाउ, ‘हटाउने प्रयास भए ठूलो गल्ती हुनेछ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu