ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको लक्ष्य- लगातार जित, मलेसियालाई घरेलु मैदानको लाभ


ABC NEWS
१७ भदौ २०८३, बुधबार   ८ : ३५   बजे

काठमाडौं । एसीसी प्रिमियर कपको आफ्नो दोस्रो खेलमा बिहीबार चरिपरिचित प्रतिद्वन्द्वी मलेसियाको सामना गर्दा नेपालको लक्ष्य लगतार दोस्रो जित हुनेछ ।

समू्ह ‘ए’अन्तर्गतको यो खेल मलेसियाको यूकेएम यूएसडी ओभलमा नेपाली समयअनुसार बिहान ७:१५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा बहराइविरुद्ध सात विकेटको जित निकालको नेपाल उच्च मनोबलका साथ मैदान उत्रिनेछ । बहराइनविरुद्ध नेपालका कप्तान सन्दीप लामिछानेले पाँच विकेट लिएका थिए ।

मलेसियाविरुद्ध पनि सन्दीपबाट सोही प्रदर्शनको अपेक्षा गरिएको छ । बहराइनविरुद्ध नेपालको ब्याटिङ केही कमजोर देखिएको थियो । टोलीले यसलाई सुधार गर्नुपर्ने देखिन्छ ।

यता, मलेसिया पनि घरेलु मैदानको फाइदा उठाउँदै लगातार दोस्रो जित निकाल्ने सोचमा छ । पहिलो खेलमा मलेसियाले साउदी अरेबियाविरुद्ध ९३ रनको सहज जित दर्ता गरेको थियो ।

मोहम्मद स्याहदत रमील र वीरनदिप सिंह नेपाली बलरका लागि समस्या बन्न सक्छन् । उनीहरूले पहिलो खेलमा क्रमशः ८२ र ७९ रन बनाएका थिए ।

यसैगरी बलिङमा विजयी उन्नीले घातक बन्न सक्छन् । साउदी अरेबियाविरुद्ध उनले पाँच विकेट हात पारेका थिए ।

प्रतियोगिता अघि मलेसियासँग खेलेका दुवै अभ्यास खेलमा जित निकालेको नेपाललाई केही सहज स्थिति छ । तर, घरेलु टोलीलाई कमजोर आक्ने गल्ती भने नेपालले गर्नु हुँदैन ।

हेड टू हेड

मलेसियाले हालसम्म एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त नगरेकाले नेपाल र मलेसियाबीच हालसम्म कुनै पनि अन्तर्राष्ट्रिय खेल भएको छैन ।

तर, एकदिवसीय क्रिकेटको इतिहास हर्ने हो भने मलेसियाविरुद्ध नेपाल बलियो देखिन्छ । हालसम्म नेपालले ५० ओभरको खेलमा मलेसियासँग हारको सामना गर्नु परेको छैन ।

एसीसी प्रिमियर कपका हालसम्म भएका दुवै खेलमा नेपाल विजयी भएको छ । नेपालले सन् २०२३ मा ६ र २०२४ मा पाँच विकेटको जित निकालेको थियो ।

यसैगरी नेपालले अभ्यास खेल, आईसीसी क्रिकेट लिग डिभिजन–२ र ४, एसीसी एसिया कप छनोट, एसीसी ट्रफी एलिट, एसिसी प्रिमियर लिगजस्ता प्रतियोगितामा पनि मलेसियाविरुद्ध जित निकालेको छ ।

जारी प्रतियोगिताअघि भएको दुई अभ्यास खेलमा नेपाल क्रमशः ९ विकेट र २७ रनले विजयी भएको थियो ।

नेपालले सन् २०१८ मा भएको एसीसी एसिया कप छनोटमा मलेसियालाई १९ रनले हराएको थियो । सन् २०१२ को आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ तथा सन् २०१४ मा डिभिजन–३ अन्तर्गतको खेलमा नेपालले मलेसियालाई क्रमशः १० विकेट र ३६ रनले निरास बनाएको थियो ।

सन् २०१४ को एसीसी प्रिमियर कपमा नेपालले पाँच विकेटको जित निकालेको थियो । यस्तै, नेपालले सन् २०१० र २०१२ एसीसी ट्रफी एलिटको सेमिफाइनलमा पनि मलेसियालाई क्रमशः आठ र २१ रनले हराएको थियो ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

कांग्रेस संस्थापनइतर पक्षले मंसिर २१ देखि छुट्टै महाधिवेशन गर्ने

सम्बन्धित

एनभीएल : सर्बियाका स्टेफन ओकोसानोभिक काठमाडौंमा अनुबन्ध

बुढानीलकण्ठमा फुटबल रंगशाला बन्ने, राखेप र नगरपालिकाबीच सम्झौता

हेभिवेट एसियाली राष्ट्रसँग भिड्दै नेपाल, ब्याडमिन्टनमा क्वार्टरफाइनल लक्ष्य

नेपाल ‘ए’ पहिलो अभ्यास खेलमा तास्मानियासँग २ विकेटले पराजित

जर्मनीका डिफेन्डर रुडिगरले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

खेलरोको गेमविक–२ का विजेता किसन कोइराला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu