काठमाडौं । नेपाल ‘ए’ पहिलो अभ्यास खेलमा तास्मानियासँग २ विकेटले पराजित भएको छ।
बुधबार नेपालले दिएको १९३ रनको लक्ष्य तास्मानियाले ४९.२ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो। तास्मानियाका थोमस ड्वायरले ७८ बलमा ६ चौकासहित सर्वाधिक ६० रन बनाए।
त्यस्तै राफेल म्याकमिलनले ३२, जस्टिन ग्यालियोटीले २४, कप्तान म्याथ्यु कुह्नेम्यानले अविजित २३, विल प्रेस्टविजले २३ तथा टिम वार्डले १२ रन बनाए।
नेपालका साहब आलाम र दीपकप्रसाद डुम्रेले २–२ विकेट लिए। रिजन ढकाल, आकाश चन्द र पवन सराफले समान १ विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ ४३.३ ओभरमा १४२ रनमै अलआउट भएको थियो।
नेपालका तृतराज दासले सर्वाधिक ३७ रन बनाए। मयन यादवले ३२, कुशल मल्लले २९, पवन सराफले अविजित २२, दीपकप्रसाद डुम्रेले १८, कुशल भुर्तेलले १२ तथा लोकेश बम र कप्तान अनिलकुमार साहले समान ११ रन बनाए।
नेपालले पहिलो विकेटका लागि तृतराज दास र मयन यादवबीच ५५ रनको साझेदारी गरेको थियो।
तास्मानियाका बिली स्ट्यानलेकले ४ विकेट लिए। विल प्रेस्टविज र राफेल म्याकमिलनले २–२ तथा लाचलान क्लार्कले १ विकेट लिए।
नेपाल ‘ए’ले अब शुक्रबार साउथ अस्ट्रेलियासँग दोस्रो अभ्यास खेल खेल्नेछ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्