ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णालीले पूरा गर्यो विदेशी खेलाडीको कोटा


ABC NEWS
१७ भदौ २०८३, बुधबार   ८ : ५५   बजे

काठमाडौं । कर्णाली शिवराजले नेपाल भलिबल लिग (एनभीएल) पहिलो सिजनका लागि विदेशी खेलाडीको कोटा पूरा गरेको छ ।

टोलीले तेस्रो विदेशी खेलाडीका रूपमा इरानका अपोजिट हिटर अलिरेजा अबालुचलाई भित्र्याएको छ । कर्णालीले यसअघि बेलारुसका आउटसाइड हिटर आर्टसियोम कुड्रासोउ र पोल्यान्डका सेटर एमिलियन स्मेटेकलाई अनुबन्ध गरेको थियो ।

अबालुचले इरान, टर्की, भारत, मंगोलिया, लेबनान, रोमानिया, इराक र ग्रिस क्लबबाट खेलिसकेका छन् ।

कर्णालीको प्रशिक्षकमा चन्द्रबहादुर कुँवर र सहायक प्रशिक्षकमा दीपेन्द्रप्रसाद भट्ट छन् ।

पहल गहतराज मार्की रहेको कर्णालीले अक्सनबाट नृपध्वज बस्नेत, सुरज चुनारा, सनोज चौधरी, विनोद चन्द, सन्दीप लोहार, बलराम गुरुङ र सुनील ठकुल्लालाई भित्र्याएको थियो । टोलीले ‘ट्यालेन्ट हन्ट’ बाट डम्बर बिसीलाई छनोट गरेको छ ।

एनभीएलको पहिलो संस्करण यही भदौ १९ गते (शुक्रबार)देखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुँदै छ ।

कर्णालीले पहिलो दिन नै अन्नपूर्ण स्पाइक किंग्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि ‘एलो गुम्बा’मा विस्थापितको आश्रय, दुई सयभन्दा बढीको एउटै छानो

चितवनमा भोटेकोसी बाढीका ३३५ शव व्यवस्थापन, १२ जनाको मात्र सनाखत

सम्बन्धित

नेपाल ‘ए’ ले तास्मानियासँग एकदिवसीय खेल्दै, टस हारेर ब्याटिङ

कीर्तिमानी मूल्यमा सिटी पुगे एन्जो फर्नान्डेज

कर्णाली शिवराजले बेलारुसी खेलाडी कुड्रासोउलाई अनुबन्ध गर्‍यो

कर्णाली शिवराजले बेलारुसका आर्टसियोम कुड्रासोउलाई अनुबन्ध गर्‍यो

आर्सनलको जितमा साकाको निर्णायक गोल

एनभीएल : खप्तड फाल्कोन्सले भित्र्यायो बेनिनका डेटेलाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu