काठमाडौँ। अस्ट्रेलियामा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले तास्मानियासँगको एकदिवसीय अभ्यास खेलमा टस हारेको छ। तास्मानियाले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो।
टप एन्ड टी–२० सिरिजपछि नेपाल ‘ए’ ले अस्ट्रेलियामा एकदिवसीय खेल खेल्न लागेको हो। सिरिजमा नेपालले ६ खेलमध्ये दुई खेलमा जित र चार खेलमा हार बेहोरेको थियो।
नेपाल ‘ए’ ले अस्ट्रेलिया भ्रमणका क्रममा तास्मानियापछि दक्षिण अस्ट्रेलिया र न्युजिल्यान्ड ‘ए’ विरुद्ध पनि एकदिवसीय अभ्यास खेल खेल्ने तालिका छ। क्यानले यस भ्रमणमा तीन एकदिवसीय खेल तय गरेको जनाएको छ। सिरिजपछि एकदिवसीय ढाँचामा खेलाडीको प्रदर्शन परीक्षण गर्ने अवसरसमेत दिनेछ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्