ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनभीएल : सर्बियाका स्टेफन ओकोसानोभिक काठमाडौंमा अनुबन्ध


ABC NEWS
१७ भदौ २०८३, बुधबार   ८ : १५   बजे

काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को फ्रेन्चाइज टोली काठमाडौं रेड्सले सर्बियाका स्टेफन ओकोसानोभिकलाई अनुबन्ध गरेको छ ।

अपोजिट हिटर ओकोसानोभिक काठमाडौं भित्रिने तेस्रो विदेशी खेलाडी हुन् । उनी नेपाल आइसकेका छन् ।

यससँगै काठमाडौंले विदेशी खेलाडीको कोटा पूरा गरेको छ । यसअघि टोलीले पाकिस्तानका सेटर अदनान खान र आउटसाइड हिटर अहमद मुस्ताफा खानलाई अनुबन्ध गरेको थियो ।

उमेर समूहमा सर्बियाको प्रतिनिधित्व गरिसकेका ओकोसानोभिकले सर्बिया, चेकिया (चेक रिपब्लिक), फ्रान्स, इजरायल, साउदी अरेबिया, ग्रिस र टर्कीका क्लबबाट खेलेका छन् ।

काठमाडौंको मुख्य प्रशिक्षकमा नृपबहादुर विक र सहायक प्रशिक्षकमा मोतिराम नेपाली छन् ।

सुनिल बोहरा मार्की रहेको काठमाडौंले अक्सनबाट सन्तोष राई, चिरञ्जिवी खड्का, सन्तोष विक, बलदेवसिंह धामी, जितबहादुर ढुंगेल, पुस्करसिंह धामी र दिपेश कुँवरलाई अनुबन्ध गरेको थियो । यसैगरी, टोलीले ‘ट्यालेन्ट हन्ट’बाट दिलिप विकलाई छनोट गरेको छ ।

एनभीएलको पहिलो संस्करण यही भदौ १९ गते (शुक्रबार) देखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुँदै छ ।

काठमाडौंले शनिबार मधेस वारियर्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसमा समानान्तर महाधिवेशनको तयारी, संस्थापन र इतर पक्षका छुट्टाछुट्टै कार्यतालिका, मिलाउन शेखरको पहल

टिमुरे सुनसान, २१ सयभन्दा बढी सम्पर्कविहीनको खोजीमा सशस्त्र प्रहरी

सम्बन्धित

बुढानीलकण्ठमा फुटबल रंगशाला बन्ने, राखेप र नगरपालिकाबीच सम्झौता

हेभिवेट एसियाली राष्ट्रसँग भिड्दै नेपाल, ब्याडमिन्टनमा क्वार्टरफाइनल लक्ष्य

नेपाल ‘ए’ पहिलो अभ्यास खेलमा तास्मानियासँग २ विकेटले पराजित

जर्मनीका डिफेन्डर रुडिगरले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

खेलरोको गेमविक–२ का विजेता किसन कोइराला

कर्णालीले पूरा गर्यो विदेशी खेलाडीको कोटा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu