ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुटवलमा अन्तर्राष्ट्रिय पुरुष भलिबल हुँदै, ६ देशका टोली सहभागी हुने


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ७ : ३५   बजे

रुपन्देही । बुटवलमा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको बुटवलमा साउन २५ र २६ गते बसेको ११औँ पूर्ण बैठकले मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङशिल्ड पुरुष भलिबल प्रतियोगिता–२०८३ आयोजना गर्ने निर्णय गरेको हो ।

प्रतियोगिता आगामी असोज १२ देखि १७ गतेसम्म बुटवल मण्डपमा सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालका तीन टोलीसहित भारत, चीन, पाकिस्तान, श्रीलंका र बंगलादेशका टोली सहभागी गराउने तयारी गरिएको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिनुभयो ।

आचार्यका अनुसार नेपालमा पहिलोपटक यस स्तरको अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको हो । यसअघि एकेडेमीले इन्डो–नेपाल भलिबल प्रतियोगिता आयोजना गरेको थियो । सोही प्रतियोगितालाई थप परिमार्जन गर्दै दोस्रो संस्करणलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न लागिएको उहाँले बताउनुभयो ।

प्रतियोगिताको विजेताले नगद ७ लाख रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेतालाई ३ लाख ५० हजार, तेस्रो हुने टोलीलाई १ लाख ७५ हजार र सान्त्वना हुने टोलीलाई ७५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

त्यस्तै, प्लेयर अफ द म्याचलाई १ लाख रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, प्रशिक्षक, ब्लकर र डिफेन्सतर्फका खेलाडीलाई जनही ८ हजार रुपैयाँसहित कप र मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा करिब १२८ खेलाडी र १५० जना अफिसियल सहभागी हुने अनुमान गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि आयोजकले करिब १ करोड १८ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।

एकेडेमीको केन्द्रीय संरचनामा फेरबदल

बैठकले एकेडेमीको प्रदेश संरचनालाई प्रभावकारी र सक्रिय बनाउने निर्णयसमेत गरेको छ । सोहीअनुसार केन्द्रीय कमिटीमा फेरबदल गरिएको छ ।

नयाँ जिम्मेवारीअनुसार वरिष्ठ उपाध्यक्षमा मोहन रेग्मी, उपाध्यक्षमा झकबहादुर मिदुन, महासचिवमा मदन उप्रेती, उपमहासचिवमा चन्द्र बदना राई र रामबहादुर केसी तथा सचिवमा उदय अर्याल, निलम बज्राचार्य, विनोद आचार्य र नन्दु काउचालाई जिम्मेवारी दिइएको छ । कोषाध्यक्षमा कमल ढकाल चयन हुनुभएको छ ।

सदस्यहरूमा सिरिशा कार्की, अमरावती राना, राजीव राना, शिवराज राना, ऋषिराम गौतम, अनन्त श्रेष्ठ र राजेश महतोलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै, कोशी प्रदेश संयोजकमा उदयकुमार अर्याल, मधेश प्रदेश अध्यक्षमा रविन्द्रराज भण्डारी, बागमती प्रदेशमा रामबहादुर केसी, लुम्बिनी प्रदेश संयोजकमा बुद्धि बस्याल, गण्डकी प्रदेश अध्यक्षमा गिरमान गुरुङ, कर्णाली प्रदेश अध्यक्षमा गोपालबहादुर शाही र सुदूरपश्चिम प्रदेश संयोजकमा ज्ञानुराज दगौरालाई जिम्मेवारी दिइएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाल सुधार गृहको अवस्थाबारे ४५ कार्यदिनभित्र विस्तृत प्रतिवेदन पेस गर्न निर्देशन

कानुन व्यवसायमा मर्यादा र निष्ठा कायम गर्न प्रधानन्यायाधीश शर्माको आग्रह

सम्बन्धित

चार वर्षदेखि रोकिएको कर्णालीका खेलाडीको पुरस्कार एकमुष्ट वितरण

एसीसी प्रिमियर कपको खेलतालिका परिवर्तन: नेपालको पहिलो खेल अगस्ट ३१ मा

नेपाली महिला खेलाडी विभिन्न प्रकारका दुर्व्यवहारको सिकार, अध्ययनले देखायो यस्तो अवस्था

नागोया वुमेन्स म्याराथनमा नेपाली धाविकाका लागि अवसर, अन्तर्राष्ट्रिय आवेदन खुल्यो

सन्दीपलाई फेरि कप्तानीको जिम्मेवारी, संकटमा रहेको नेपाललाई उकास्ने चुनौती

क्रिस्टियानो रोनाल्डोले जर्जिना रोड्रिगेजसँग गरे विवाह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu