ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसीसी प्रिमियर कपको खेलतालिका परिवर्तन: नेपालको पहिलो खेल अगस्ट ३१ मा


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ६ : ५५   बजे

काठमाडौं । मलेसियामा हुने एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको खेलतालिकामा परिमार्जन गरिएको छ । यसअघि नेपालले सेप्टेम्बर १ तारिखमा आफ्नो पहिलो खेल खेल्ने भनिएको थियो, तर अब नयाँ तालिका अनुसार नेपालको पहिलो खेल अगस्ट ३१ तारिखमा हुने भएको हो।

नेपाल समूह ‘ए’ मा रहेको छ र सोही समूहको पहिलो खेलमा बहराइनसँग प्रतिस्पर्धा गर्नेछ । यस समूहमा नेपाल, बहराइन, हङकङ, आयोजक मलेसिया र साउदी अरेबिया छन् । अर्को समूह ‘बी’ मा यूएई, ओमान, कुवेत, कतार र सिंगापुर समावेश छन्।

नेपालले सेप्टेम्बर ३ तारिखमा मलेसिया, सेप्टेम्बर ६ तारिखमा साउदी अरेबिया र सेप्टेम्बर ८ तारिखमा हङकङसँग प्रतिस्पर्धा गर्नेछ । दुवै समूहबाट शीर्ष दुई टोलीले सेमीफाइनलमा स्थान पाउनेछन्। प्रतियोगिताको विजेता टोलीले आगामी वर्ष हुने एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछ।

प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई कप्तान नियुक्त गर्दै १४ सदस्यीय नेपाली टोली घोषणा गरिसकेको छ ।

नेपाली टोली

क्यानले सार्वजनिक गरेको नेपाली टोलीमा सन्दीप लामिछाने (कप्तान), रोहितकुमार पौडेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, अर्जुन कुमाल, देव खनाल, बसिर अहमद, इशान पाण्डे, गुल्सनकुमार झा, करण केसी, ललितनारायण राजवंशी, हेमन्त धामी र शेर मल्ल समावेश छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लुम्बिनी सरकार गठनमा एमाले, नेकपा र मसालबीच दुईबुँदे सहमति

एमालेमा पुनर्जागरण अभियानको ध्यानाकर्षण : नीति र पद्धति सुधार गर्न नेतृत्वलाई दबाब

सम्बन्धित

बुटवलमा अन्तर्राष्ट्रिय पुरुष भलिबल हुँदै, ६ देशका टोली सहभागी हुने

नेपाली महिला खेलाडी विभिन्न प्रकारका दुर्व्यवहारको सिकार, अध्ययनले देखायो यस्तो अवस्था

नागोया वुमेन्स म्याराथनमा नेपाली धाविकाका लागि अवसर, अन्तर्राष्ट्रिय आवेदन खुल्यो

सन्दीपलाई फेरि कप्तानीको जिम्मेवारी, संकटमा रहेको नेपाललाई उकास्ने चुनौती

क्रिस्टियानो रोनाल्डोले जर्जिना रोड्रिगेजसँग गरे विवाह

वीरेठाँटी माविमा तेक्वान्दो प्रशिक्षणको तेस्रो चरण सम्पन्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu