ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेमा पुनर्जागरण अभियानको ध्यानाकर्षण : नीति र पद्धति सुधार गर्न नेतृत्वलाई दबाब


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ७ : ४५   बजे

काठमाडौं । नेकपा (एमाले) भित्र नीति, पद्धति र संगठनात्मक सुधारको माग गर्दै ‘एमाले रूपान्तरण र पुनर्संरचनाका लागि पुनर्जागरण अभियान’ले पार्टी नेतृत्वलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बुझाइएको पत्रमा पार्टी नेतृत्वको कार्यशैली, निर्वाचनमा भएको पराजयको समीक्षा र संगठनात्मक गतिविधिमा देखिएको सुस्तताप्रति गम्भीर प्रश्न उठाइएको छ ।

अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै बुझाइएको पत्रमा निर्वाचन सम्पन्न भएको करिब ६ महिना पुग्न लाग्दासमेत केन्द्रीय कमिटीको बैठक बस्न नसकेको विषयलाई गम्भीर र चिन्ताजनक भनिएको छ । निर्वाचनमा व्यहोरेको पराजयको वस्तुनिष्ठ समीक्षा गर्दै पार्टीमा नयाँ उत्साह भर्नुपर्ने समयमा नेतृत्वले बैठक टार्दै आएको अभियानको आरोप छ ।

अभियानले एमालेले जनताको विश्वास गुमाउँदै गएको दाबीसमेत गरेको छ । पत्रमा फागुन २१ गतेको जनादेशबाट बनेको सरकारप्रति जनतामा निराशा बढ्दै गएको र सरकारका अन्योलग्रस्त नीति तथा शासन सञ्चालनमा देखिएको अपरिपक्वताले राष्ट्रिय हित र सुरक्षामा समेत चिन्ता बढाएको उल्लेख छ ।

छिमेकी तथा अन्तर्राष्ट्रिय सम्बन्ध थप जटिल बन्दै गएको र जनताको दैनिक जीवन कष्टकर बन्दै गएको निष्कर्षसमेत अभियानले निकालेको छ ।

पार्टीले गठन गरेको ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’ले तयार पारेको प्रतिवेदन सार्वजनिक नगरिएको तथा पार्टीभित्र छलफलमा नल्याइएकोमा पनि अभियानले असन्तुष्टि जनाएको छ । कार्यदलका सुझावलाई नेतृत्वले बेवास्ता गर्दा कार्यकर्तामा अन्योल र निराशा बढेको पत्रमा उल्लेख छ ।

अभियानका पाँच प्रमुख माग

पुनर्जागरण अभियानले पार्टी नेतृत्वसमक्ष पाँच प्रमुख माग अघि सारेको छ ।

  • निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन तत्काल सार्वजनिक गरी छलफल अघि बढाउनुपर्ने ।
  • केन्द्रीय सचिवालय र केन्द्रीय कमिटीको बैठक अविलम्ब आह्वान गर्नुपर्ने ।
  • निर्वाचनमा भएको पराजयको ‘निर्मम’ समीक्षा गर्नुपर्ने ।
  • पार्टी शुद्धीकरण, सुदृढीकरण र पुनर्संरचनाको स्पष्ट खाका निर्माण गर्नुपर्ने ।
  • कमिटी प्रणाली र आन्तरिक लोकतन्त्रलाई प्रभावकारी बनाउँदै व्यक्ति होइन, नीति र विधिलाई प्रधानता दिनुपर्ने ।

अभियानले आफूहरू पार्टी विभाजनको पक्षमा नभई एमालेभित्रै विधि र पद्धति स्थापित गर्ने पक्षमा रहेको स्पष्ट पारेको छ ।

‘हामी विश्वास गर्छौँ, नेकपा एमालेको समस्या समाधान गर्ने बाटो पार्टी बाहिर होइन, पार्टीभित्रैको विधानसम्मत र लोकतान्त्रिक प्रक्रियाबाटै सम्भव छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।

केन्द्रीय कार्यालयमा पत्र दर्ता

अभियानले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीमार्फत पत्र दर्ता गराएको हो ।

पत्र बुझाउन अभियानका अगुवाहरू गजेन्द्र थपलिया, रोशन बस्नेत, रमेश पौडेल, शर्मिला कार्की, डा. सुरेन्द्र मानन्धर, बुद्धि परियार, नविना लामालगायत च्यासल पुगेका थिए ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Lawmakers Press Army on Drone Unit Cancellation

Kennedy Center Disassembles ‘Blue’ Sculpture Amid Trump-Era Changes

राष्ट्रिय अनुसन्धान विभाग कसको मातहत? सरकार र सांसदबीच टकराव

मध्यपूर्वमा बाह्य हस्तक्षेप रोक्न सुरक्षा संरचना परिवर्तन आवश्यक : सी

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक काठमाडौँमा मञ्चन हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu