ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसको आन्तरिक विवादमा नयाँ मोड : पूर्णबहादुर खड्कालाई शशांकको भेट, ‘पार्टी फुट्नु हुँदैन’


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ६ : ४५   बजे

काठमाडौँ । नेपाली कांग्रेसको आन्तरिक विवाद चर्किरहेका बेला राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका छन्। कोइराला बिहीबार गल्फुटारस्थित खड्काको निवास पुगेर राष्ट्रिय भेलामा सहभागी हुन आग्रह गरेका हुन्।

भेटमा देउवा समूहका नेता एनपी साउदसमेत सहभागी थिए। लामो समयदेखि पार्टीभित्रको विवादमा सक्रिय भूमिका निर्वाह गर्दै आएका खड्का भने राष्ट्रिय भेलाको तयारीका छलफलमा सहभागी भएका थिएनन्।

कोइरालाको आग्रहपछि खड्का भेलामा सहभागी हुन सकारात्मक देखिएका छन्। तर उनले पार्टी विभाजनतर्फ जाने कुनै पनि गतिविधि हुन नहुने शर्त अघि सारेका छन्।

साउदका अनुसार खड्काले पार्टी एकताको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

“पार्टी नफुटोस् भन्ने कुरामा उहाँ लामो समयदेखि चिन्ता व्यक्त गर्दै आउनुभएको छ। भेलाले पार्टी फुटाउने कुनै मनसाय छैन। त्यसकारण उहाँ भेलामा सहभागी हुनुहुन्छ,” साउदले भने।

सर्वोच्चको आदेशपछि बदलियो राजनीतिक समीकरण

कांग्रेसभित्रको विवादमा सर्वोच्च अदालतको पछिल्लो आदेशले नयाँ राजनीतिक परिस्थिति सिर्जना गरेको नेताहरूको बुझाइ छ।

सर्वोच्च अदालतले पुनरावलोकनको प्रक्रिया अघि बढाउने बाटो खुलेपछि तत्कालका लागि पार्टी विभाजनको सम्भावना टरेको देउवा पक्षको बुझाइ छ। त्यसअघि भने देउवा पक्ष अलग संरचना निर्माणतर्फ जाने तयारीमा रहेको दाबी गरिएको छ।

खड्का पछिल्लो समय पार्टीको विवाद समाधानका लागि कानुनी तथा राजनीतिक दुवै मोर्चामा सक्रिय देखिएका थिए। उनले चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गर्नेदेखि सर्वोच्च अदालतमा निवेदन दिने प्रक्रियासम्म अग्रसरता लिएका थिए।

सर्वोच्चको आदेशपछि उनले पार्टी एकताका लागि वातावरण बनेको प्रतिक्रिया दिएका थिए।

२९ देखि ३१ गतेसम्म देउवा समूहको राष्ट्रिय भेला

देउवा समूहले सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला आयोजना गर्दैछ।

भेलाको उद्घाटन पूर्वसभापति शेरबहादुर देउवाले गर्ने तयारी छ। करिब पाँच महिनापछि स्वदेश फर्किन लागेका देउवालाई भेला आयोजक समितिका संयोजक शशांक कोइरालाको नेतृत्वमा स्वागत गर्ने तयारी गरिएको छ।

भेलामा देउवासहित इतर पक्षका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।

यता, कांग्रेसको अर्को पक्षले १५औँ महाधिवेशनको तयारी अघि बढाइरहेका बेला देउवा पक्षले तत्कालीन राजनीतिक तथा संगठनात्मक अवस्थाबारे छलफल गर्न राष्ट्रिय भेला आयोजना गरेको हो।

गगन थापालाई सभापति स्वीकार नगरेको संकेत

देउवा समूहले १५औँ महाधिवेशनका विषयमा पार्टीभित्र चलिरहेको प्रक्रियालाई अझै स्वीकार गरेको छैन।

यस समूहले सानेपास्थित पार्टी कार्यालयलाई पत्र पठाउँदै १५औँ महाधिवेशनबाट दूरगामी असर पर्ने निर्णय नगर्न आग्रह गरेको छ।

उक्त पत्रमा गगन थापालाई सभापतिको रूपमा नभई तत्कालीन महामन्त्री का रूपमा सम्बोधन गरिएको छ। यसले कांग्रेसभित्र नेतृत्वको वैधानिकता र महाधिवेशन प्रक्रियालाई लिएर विवाद अझै कायम रहेको संकेत गरेको छ।

‘१४औँ महाधिवेशनको कार्यसमितिबाटै सहमति खोजौँ’

देउवा समूहका नेता एनपी साउदले पार्टी एकताका लागि १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई आधार बनाएर अघि बढ्नुपर्ने धारणा राखेका छन्।

उनका अनुसार १४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिमा कांग्रेसका दुवै पक्ष सहभागी थिए। तर विशेष महाधिवेशनको प्रक्रियाबाट बनेको संरचनामा सबै पक्षको प्रतिनिधित्व नरहेको देउवा समूहको तर्क छ।

“१४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवाको कार्यसमितिमा हामी सबै छौँ। विशेष महाधिवेशनमा आधा मात्रै साथीहरू हुनुहुन्छ। त्यसकारण १४औँ महाधिवेशनले मात्रै सबैलाई समेट्छ भन्ने कुरा हो,” साउदले भने।

उनका अनुसार यही संरचनाबाट सहमति खोजेर १५औँ महाधिवेशनमा जाने वातावरण बनाउन सकिनेछ।

नयाँ संयन्त्र बनाउने प्रस्तावमा पनि प्रश्न

पार्टी विवाद समाधानका लागि छुट्टै संयन्त्र निर्माण गर्ने प्रस्तावबारे पनि देउवा पक्षले प्रश्न उठाएको छ।

साउदका अनुसार नयाँ संयन्त्र बनाउँदा वर्तमान केन्द्रीय कार्यसमितिको वैधताको प्रश्न उठ्न सक्छ। सर्वोच्च अदालतमा सम्बन्धित विषय विचाराधीन रहेकाले अदालतको अन्तिम निर्णय आउनुअघि नयाँ संरचना बनाउनु उपयुक्त नहुने उनको तर्क छ।

“संयन्त्र बनाउँदा केन्द्रीय कार्यसमितिको वैधताको कुरा आउँछ। किनभने अदालतले निर्णय गर्न बाँकी छ,” उनले भने।

उनले दुई पक्षबीच सहमति खोज्ने हो भने १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आधार बनाउनुपर्ने दोहोर्‍याए।

‘अदालतको निर्णय नआएसम्म दूरगामी निर्णय रोक्नुपर्छ’

देउवा पक्षको मुख्य मागमध्ये एक भनेको सर्वोच्च अदालतको पुनरावलोकन प्रक्रिया टुंगिनुअघि पार्टीको भविष्यमा दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्नु हो।

साउदका अनुसार अदालतले पुनरावलोकनको प्रक्रिया अघि बढाएको अवस्थामा महाधिवेशन प्रक्रिया अगाडि बढाउनु अन्तर्विरोधी हुन्छ।

“पुनरावलोकन हुँदै गर्दा महाधिवेशन अघि बढाउनु अन्तर्विरोधी कुरा हुन्। त्यसैले अदालतले निरूपण नगरुन्जेलसम्म दूरगामी असर पर्ने, नेतृत्व चयनका प्रक्रिया, महाधिवेशनका प्रक्रिया स्वतः रोकिनुपर्छ,” उनले भने।

यही मागसहित डा. शशांक कोइरालाले समेत पार्टीको अर्को पक्षलाई औपचारिक पत्र पठाइसकेको उनले जानकारी दिए।

कानुनी बाटो खुला राख्दै देउवा समूह

महाधिवेशन प्रक्रिया रोक्न आवश्यक परे अदालत जाने सम्भावना पनि देउवा समूहले खुला राखेको छ।

साउदले राष्ट्रिय भेलापछि राजनीतिक छलफल र कानुनी परामर्शका आधारमा आगामी कदम तय गरिने बताए।

उनका अनुसार यस विषयमा कानुनी परामर्श भइरहेको छ।

यसले कांग्रेसको विवाद अब केवल पार्टीभित्रको राजनीतिक वार्तामा सीमित नरही न्यायिक प्रक्रियासँग पनि जोडिएको देखाउँछ।

खड्काको उपस्थितिले के संकेत गर्छ ?

राष्ट्रिय भेलाको तयारीमा सक्रिय नरहेका पूर्णबहादुर खड्कालाई शशांक कोइरालाले घरमै पुगेर भेट्नु र भेलामा सहभागी हुन आग्रह गर्नु कांग्रेसभित्रको शक्ति सन्तुलनका दृष्टिले अर्थपूर्ण मानिएको छ।

खड्का लामो समयदेखि पार्टी विभाजन रोक्ने पक्षमा देखिँदै आएका छन्। उनले पार्टीभित्रको विवादलाई अलग–अलग संरचना बनाएर होइन, सहमतिबाट समाधान गर्नुपर्ने धारणा राख्दै आएका छन्।

उनको भेलामा सम्भावित सहभागिताले देउवा समूहलाई राजनीतिक रूपमा थप बलियो सन्देश दिन सक्छ। तर उनले अघि सारेको ‘पार्टी नफुट्ने’ शर्त ले भेलाभित्र हुने छलफलको दिशा पनि प्रभावित पार्न सक्ने देखिन्छ।

देउवा फर्किएसँगै कांग्रेस विवाद निर्णायक चरणमा

करिब पाँच महिनापछि देउवा स्वदेश फर्किन लागेका बेला आयोजना गरिएको राष्ट्रिय भेला कांग्रेसको आन्तरिक शक्ति संघर्षका लागि महत्वपूर्ण बन्ने देखिएको छ।

एकातिर संस्थापन पक्ष निर्धारित समयमै १५औँ महाधिवेशन सम्पन्न गर्ने तयारीमा छ। अर्कोतर्फ देउवा समूह अदालतको निर्णय नआएसम्म दूरगामी प्रभाव पार्ने संगठनात्मक निर्णय र महाधिवेशन प्रक्रिया रोक्नुपर्ने पक्षमा छ।

यसबीच शशांक कोइरालाको सक्रियता, पूर्णबहादुर खड्काको सम्भावित सहभागिता र देउवाको प्रत्यक्ष उपस्थितिले कांग्रेसभित्र विभाजन कि सहमतिभन्ने बहसलाई नयाँ चरणमा पुर्‍याएको छ।

अबको राष्ट्रिय भेलाले पार्टीभित्रको शक्ति समीकरण, महाधिवेशनको भविष्य र अदालतसँग जोडिएको विवादमा देउवा समूहको आगामी रणनीति कस्तो हुनेछ भन्ने स्पष्ट संकेत दिने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशभर मनसुनी वायुको प्रभाव, केही प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

साढे पाँच महिनापछि स्वदेश फर्किँदै देउवा, कांग्रेसको राष्ट्रिय भेलाअघि भव्य स्वागतको तयारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रोल्पामा पहिरोले घर र गोठ पुरिँदा दुई जनाको मृत्यु, दुई घाइते

२०औँ एसियाली खेलकुदमा कराँतेको स्वर्ण लक्ष्य, एरिकामाथि मुख्य भरोसा

जीपीएस जाम भए पनि चिनियाँ हाइपरसोनिक क्षेप्यास्त्रलाई ताराले बाटो देखाउने दाबी

आन्दोलनपछि बाँकी रहने ‘जेनजी मनोविज्ञान’

देशभर मनसुनी वायुको प्रभाव, केही प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

साढे पाँच महिनापछि स्वदेश फर्किँदै देउवा, कांग्रेसको राष्ट्रिय भेलाअघि भव्य स्वागतको तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu