ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज पाँच वटा प्रदेशको हिमाली क्षेत्रमा हिमपात र एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना


एबीसी न्यूज
३ फाल्गुन २०८१, शनिबार   ११ : ४२   बजे

काठमाडौं ३ फागुन । आज पाँच वटा प्रदेशको हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली थोरै ठाउँमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहेपनि बाँकी ठाउँको मौसम मुख्यतया सफा रहेको छ ।

मौसमविद् गोविन्द झाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । आज पनि तराईका केही ठाउँमा हुस्सुरकुहिरो रहेको छ ।

अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री सेल्सियस मापन भएको छ । आज काठमाण्डौको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियस रहने अनुमान छ ।

यसपाली छिटपुटबाहेक हिउँदे वर्षा र हिमपात हुन सकेको छैन । हिउँदे वर्षा र हिमपात नहुँदा हिउँदे कृषि उपजसहित वातावरणमा गम्भीर प्रभाव पर्ने देखिएको छ ।

नार्कको राष्ट्रिय कृषि वातावरण तथा अनुसन्धान केन्द्रले कृषि मौसम सल्लाह बुलेटिनमार्फत सरदरभन्दा कम वर्षा र तापक्रम बढी रहेको भन्दै सबै किसिमका बाली, फलफूल र तरकारीको अनुगमन गरी सिँचाइको व्यवस्थापन गर्न तथा चिस्यान संरक्षणका आवश्यक उपायहरु अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group