ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुद्ध पब्लिकको २३औं वार्षिकोत्सव : जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि सेभेन स्टारलाई


एबीसी न्यूज
४ फाल्गुन २०८१, आइतबार   ८ : ३२   बजे

देवदह । रुपन्देहीको देवदहमा जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयको २३ औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगिताको उपाधि सेभेन स्टार ई.बो.स्कुलले जितेको छ ।
प्रतियोगितामा ग्रीन प्लान्ट आवासीय मावि दोस्रो, कान्ति मा.वि तेस्रो र एभरेष्ट ई. बो. स्कुलले सान्त्नवना स्थान हासिल गरेका छन् । प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो र सान्त्नवना हुनेलाइ क्रमश नगद १० हजार रुपैयाँ, ७ हजार, ५ हजार र २ हजार ५ सय रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको विद्यालयले जनाएको छ ।
प्रतियोगितामा सहभागी १८ विद्यालय मध्ये न्यु होराईजन मा.वि, ग्रीन प्लान्ट आवसिय मा.वि, एभरेस्ट ईङ्लिस बोर्डिङ स्कुल, कान्ति मा.वि, सेभेन स्टार ई.बो.स्कुल र स्कोलार्स होम स्कुल दोस्रो चरणमामा प्रवेश गरेका थिए ।
हाजिरी जवाफमा पछिल्लो प्रविधिको प्रयोगसहित प्रश्नोत्तर गरिएको थियो । विद्यालयका प्रिन्सिपल कृष्ण प्रसाद गैरेले बुद्ध पब्लिक आवासिय माविले आयोजना गर्ने जिल्ला स्तरीय हाजिरीजवाफ लुम्बिनी प्रदेशमै नमुना हुँदै आएको बताए ।
कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सहभागी बनाउन सकेमा शैक्षिक संगै व्यवहारिक ज्ञान समेत वृद्धि हुने बताए । “विद्यालयमा हुने अतिरिक्त क्रियाकलापले विद्यार्थीको चौतर्फी विकासमा महत्वपुर्ण भूमिका खेल्छ ।” प्रमुख प्रशासकीय अधिकृत सापकोटाले भने, देवदहका विद्यालयले अतिरिक्त क्रियाकलापमा गरेको लगानी उल्लेखनिय छ ।”
कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष जयकिशन अधिकारीको अध्यक्षता र शिक्षक ढुण्डीराज मरासिनीको सञ्चालनमा कार्यक्रममा इप्सा तथा प्याव्सन देवदहका अध्यक्ष राम बहादुर गुरुङ लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group