ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाण्डौ उपत्यकासहित मुख्य शहरहरूमा वायु प्रदूषण उच्च


एबीसी न्यूज
५ फाल्गुन २०८१, सोमबार   १ : १६   बजे

काठमाडौं ५ फागुन । आज पनि काठमाण्डौ उपत्यकासहित देशका मुख्य शहरहरूमा वायु प्रदूषण उच्च रहेको छ । एक हप्तादेखि लगातार वायु प्रदूषण उच्च रहेकोमा आज पनि कायमै रहेको हो ।

वातावरण विभागको तथ्याङ्क अनुसार सबैभन्दा धेरै वायु प्रदूषण पोखरामा रहेको छ । पोखरामा रहेको मापन केन्द्रले दिउँसो वायु प्रदूषण मापन सूचक एक्यूआई० ४५० सम्म देखाएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार एक्यूआई ३०० भन्दा माथि हुनु भनेको घातक अवस्था हो ।

यस्तै संसारका मुख्य शहरहरूको वायु प्रदूषणबारे तथ्याङ्क सार्वजनिक गर्दै आएको आईक्यूएअरका अनुसार काठमाण्डौ विश्वकै तेस्रो प्रदूषित शहरका रूपमा रहेको छ ।

काठमाण्डौको एक्यूआई २०० भन्दा माथि छ । काठमाण्डौभन्दा बढी प्रदूषित शहरहरूमा पाकिस्तानको लाहोर र भारतको नयाँ दिल्ली रहेका छन् । केही दिनदेखि मौसम धुम्म भएको र पानी नपरेको कारण पनि वायु प्रदूषण बढेको विज्ञहरू बताउँछन् ।

विभिन्न ठाउँमा भइरहेको डढेलो र किसानहरूले खेतबारीमा बालेको आगोले पनि वायु प्रदूषण बढाइरहेको छ । मौसमविद्हरूले पानी नपरुञ्जेल प्रदूषण घट्ने सम्भावना पनि कम रहेको तर तत्काल काठमाण्डौलगायत शहरमा पानी पर्ने सम्भावना नरहेको बताएका छन् ।

नेपालमा वर्षभरि नै वायु प्रदूषण भइरहनेमा चिसोयाम अर्थात् पुस,माघ र अत्यधिक सुक्खा अर्थात् चैत वैशाखमा वायु प्रदूषण बढ्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group