ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निजामती अस्पतालका कर्मचारी ८ दिनदेखि आन्दोलनमा


एबीसी न्यूज
५ फाल्गुन २०८१, सोमबार   २ : २८   बजे

काठमाडौं ५ फागुन । निजामती अस्पतालका दैनिक ज्यालादारीमा काम गर्दै आएका कर्मचारीले आन्तरिक प्रक्रियाबाट नै स्थायी गर्नुपर्ने माग गर्दै आन्दोलन सुरू गरेका छन् ।

राष्ट्रिय स्वास्थ्य कर्मी श्रमिक संगठनमा आवद्ध कर्मचारीले विभिन्न ७ माग लेखिएका ब्यानरसहित अस्पताल अगाडि उभिएर गत ८ दिन देखि आन्दोलन गरिहेका छन् ।
संगठनका सचिव निराजन कटुवालले दैनिक १ बजे देखि २ बजेसम्म अस्पतालको प्रांगणमा धर्ना दिइरहेको बताए ।

‘आठ दिनदेखि हामीले आफ्ना माग राखेर अस्पताल अगाडी शान्तीपूर्ण हिसाबले धर्ना दिइरहेका छौं,’ कटुवालले अनलाइनखबरसँग भने, ‘तर अस्पताल प्रशासनले यस विषयमा कुनै चासो देखाएको छैन ।’

अस्पतालको विनिमावलि गठन आदेश तत्काल संसोधन गर्नुपर्ने, कार्यरत कर्मचारीलाई क्षेणी र तह बमोजिम पारिश्रमिक र सेवा सुविधाको व्यवस्था गर्नुपर्ने, सरकारले ताके बमोजिमको स्थायी सो सरह उमेर हदसम्म कामकाज गर्न पाउने व्यवस्थाको सुनिश्चित गर्नुपर्ने उनीहरुको माग रहेको छ ।

यस्तै आउट सोर्सिङ कर्मचारीको हकमा उचित पारिश्रमिक सेवा, सुविधाको व्यवस्था गर्नुपर्ने, कार्यरत कर्मचारीलाई स्थायित्वको प्रक्रिया अगाडी नबढाई खुल्ला प्रक्रिया बन्द गर्नुपर्ने र समान कामकाज गरिरहेका कर्मचारीलाई समानजनक परिश्रमिकको र सेवा सुविधाको व्यवस्था गर्नुपर्ने माग राखेका छन् ।

सिभिल अस्पतालका दैनिक ज्यालादारीमा काम गर्ने करिब ४ सय स्वास्थ्यकर्मी छन् ।

‘सिभिलको स्थापनाकालदेखि नै काम गर्दै आएका चिकित्सक, स्वास्थ्यकर्मी, नर्स लगायतका अन्य कर्मचारीलले विगत देखि आफ्ना न्यूनतम सेवा सुविधा तथा विभेदमा विषयमा समस्या हल गर्न अनुरोध गर्दै आएका छौं,’ कटुवालले भने, ‘ तर हाम्रो न्यायीक र जायज माग सम्बोधन गर्न तर्फ भन्दा पनि मनोबल कमजोर बनाउने काम भइरहेको छ ।’

आधारभूत माग सम्बोधन नभएको आन्दोलनको कार्यक्रमलाई थप सशक्त बनाउने उनले चेतावनी समेत दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu