ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कानुन निर्माणमा बेवास्ताले संघीयता धरापमा – सांसद श्रेष्ठ


एबीसी न्यूज
६ फाल्गुन २०८१, मंगलबार   ३ : ४४   बजे

काठमाडौं ६ फागुन । रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले कानुन निर्माणमा यस्तै बेवास्ता गरिरहने हो भने संघीयता धरापमा पर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद श्रेष्ठले कानुन निर्माणमा संसद् नै अनिर्णयको बन्दी बनेर बस्नुले डरलाग्दो अनिष्ठको संकेत गरेको बताए ।
कानुन निर्माणको महत्वपूर्ण जिम्मेवारी र दायित्व निर्वाह गर्नुपर्ने कानुन मन्त्रालय कानुन निर्माण गर्न नसकेको फेहरिस्तसहित प्रतिवेदन बनाएर बस्नुपरेको छ,’ राष्ट्रिय सभा विधायन समितिको प्रतिवेदन २०८१ उल्लेख गर्दै उनले भने, ‘आवश्यक कानुन निर्माणमा संसद् स्वयं नै अनिर्णयको बन्दी बनेर बस्नुपर्ने अवस्था आउनु भनेको निश्चय पनि डरलाग्दो अनिष्ठको संकेत हो ।’

२०७४ देखि २०७९ सम्म बागमती प्रदेश सभाको सदस्यको जिम्मेवारीसमेत निर्वाह गरेका श्रेष्ठले संविधानमै व्यवस्था गरिएको मौलिक हक कार्यान्वयनका निम्ति आवश्यक ऐन निर्माणमा बेवास्ता गरिएको जिकिर गरे ।

‘संविधानले एकातिर मौलिक हक कार्यान्वयन गर्ने ऐन तीन वर्षभित्र बनाइसक्नुपर्ने प्रावधान राखेको छ । अर्कोतिर, ऐनहरू समयमा बन्न नसकेको कारण जनतामा नैराश्यता उपन्न हुन पुगेको छ ।’

समयले कसैलाई नछोडेको टिप्पणी गर्दै उनले भने, ‘समयमै यसलाई निराकरण नगरे संघीयता नै धरापमा पर्न जाने निश्चित छ । स्मरणरहोस्, समयले अहिलेसम्म कसैलाई बक्सेको छैन र बक्सने पनि छैन ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group