ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिस्नेरी खानेपानी आयोजना तीव्र रुपमा अघि बढ्छ – मन्त्री यादव


एबीसी न्यूज
६ फाल्गुन २०८१, मंगलबार   ३ : ४६   बजे

काठमाडौं ६ फागुन । खानेपानीमन्त्री प्रदीप यादवले मकवानपुरस्थित सिस्नेरी खोलाको खानेपानी आयोजनालाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् । सिस्नेरी आयोजनाको मुहान निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आयोजनालाई यथाशक्य चाँडो सम्पन्न गर्ने स्पष्ट निर्देशन दिएको बताए ।

‘वर्षायाममा मेलम्चीमा कुनै अवरोध आए उपत्यकावासीले खानेपानी अभाव भोग्न नपरोस् भन्ने हाम्रो उद्देश्य हो । त्यसैले, सिस्नेरी आयोजना तीव्र रूपमा अघि बढाइनेछ,’ मन्त्री यादवले भने ।

उक्त महत्वाकांक्षी आयोजना समयमै सम्पन्न गर्न संघीय, प्रदेश, र स्थानीय सरकारको समन्वय अपरिहार्य रहेको मन्त्री यादवको भनाइ छ । साथै, उनले अन्तर्राष्ट्रिय विकास साझेदारहरूको प्रविधि, वित्तीय सहयोग, र अनुभवबाट परियोजना छिट्टै सम्पन्न हुने विश्वास व्यक्त गरे ।

‘मैले तीनै तहका सरकार र अन्तर्राष्ट्रिय साझेदारहरूलाई यस आयोजनामा सहयोग गर्न आग्रह गरेको छु । काठमाडौँ उपत्यकाका नागरिकलाई भरपर्दो र दिगो खानेपानी उपलब्ध गराउन हाम्रो सामूहिक प्रयास आवश्यक छ,’ उनले भने ।
काठमाडौँ उपत्यकावासी नागरिकलाई बाह्रै महिना पानी वितरण गर्ने एवम् २४ घण्टा पानी धारामा पठाउने योजना अनुसार सिस्नेरी खोला खानेपानी आयोजनाको कामलाई तीव्र रुपमा अघि बढाउन लागिएको मन्त्री यादवको भनाइ छ ।

मकवानपुरको सिस्नेरी खोलामा बाँध निर्माण गरी पानी संकलन गरिने र आयोजना सम्पन्न भएपछि दैनिक १३ देखि १४ करोड लिटर पानी ललितपुरको भेसेपाटी सैंबु जलाशयमा पठाई ललितपुर क्षेत्रभित्र वितरण गर्ने योजना रहेको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड ९भ्याली बोर्ड० का कार्यकारी निर्देशक संजीबवीक्रम राणाले जानकारी दिए ।

सिस्नेरी आयोजना ललितपुरको सैंबु रिजर्भवायरबाट करिब १९ किलोमिटर दक्षिणमा पर्दछ । यो आयोजना कुलेखानी खोला, सिस्नेरी खोला र मकवानपुर हुँदै बगेको बागमती नदी नजिकै अवस्थित रहेको छ ।

सिस्नेरीमा रहेको कोगटे खोला कुलेखानी खोलाको शाखा हो भने कुलेखानी बागमती नदीको सहायक खोला हो । यस परियोजनालाई दीर्घकालीन महत्वको आयोजनाका रूपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय सतर्कता केन्द्रमा एक वर्षमा २ हजार ५६६ उजुरी, ७२ प्रतिशत फर्छ्योट

देउवा नै कांग्रेसको वैधानिक सभापति हुन् : शशांक कोइराला

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu