ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापान एयरलाइन्ससँग कनेक्टिङ फ्लाइटमा जोडियो वायु सेवा निगम


एबीसी न्यूज
७ फाल्गुन २०८१, बुधबार   ७ : ४७   बजे

काठमाडौं ७ फागुन । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र जापानको राष्ट्रिय ध्वजावाहक जापान एयरलाइन्सले व्यापार विस्तार गर्ने भएका छन्।

दुई कम्पनीले द्विपक्षीय आपासी सम्झौता गरेको निगमले जनाएको छ। यसअनुसार निगमको सिधा उडानबाट जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलसम्म निगमको जहाजमा र त्यसपछिको छोटो तथा छिटो कनेक्टिङ फ्लाइटबाट विभिन्न अमेरिकी र पश्चिमा मुलुकसँगै कोरियाको यात्रा गर्न सहज हुनेछ।

सम्झौताअनुसार निगमको टिकटबाट जापान एयरलाइन्सको कनेक्टिङ फ्लाइटमार्फत विश्वभरको अन्तिम गन्तव्यसम्मका लागि यात्रु तथा ब्यागेज चेकइन सुविधा पाइने निगमले जनाएको छ।

त्यस्तै सोही नेटवर्क हुँदै विश्वभरबाट पर्यटकहरु नेपाल सहज रुपमा आउन सक्नेछन्। यसले नेपाल वायुसेवा निगमको व्यापार विस्तार भई समग्र देशको पर्यटन प्रवर्द्धन र विकास तथा विदेशी मुद्रा आर्जनमा टेवा पुग्ने निगमले उल्लेख गरेको छ।

सम्झौतासँगै नेपाल र जापानका ध्वजावाहकमार्फत परस्पर व्यापार विस्तार हुने, यात्रुलाई सहज र किफायती हुने, विश्वभरका विभिन्न मुलुक र जापानको विभिन्न आन्तरिक गन्तव्यसम्म निगमकै टिकटमा विश्वस्तरीय सेवा प्रदान गर्न सकिने निगमको विश्वास छ।

योसहित निगमसँग प्यासेन्सज इन्टरलाइन पार्टनरसिप अग्रिमेन्ट गर्ने एयरलाइन्सको संख्या २५ पुगेको छ भने कार्गो इन्टरलाइन पार्टनरसिप अग्रिमेन्ट गर्ने एयरलाइन्सको संख्या २८ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group