ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भेप तस्करी: मुस्ताङ भन्सारका कार्यालय सहयोगीसहित २ जनाविरुद्ध साढे ४ करोडको मुद्दा


एबीसी न्यूज
९ फाल्गुन २०८१, शुक्रबार   १ : २३   बजे

काठमाडौं ९ फागुन । इलेक्टिक चुरोट भेप तस्करी गरेको आरोपका दुई जनाविरुद्ध साढे चार करोड रुपैयाँ भन्दा बढीको मुद्दा दायर भएको छ ।

मुस्ताङ भन्सार कार्यालयका कार्यालय सहयोगी टासी नुर्वु गुरुङ र घ्याचे गुरुङविरुद्ध राजस्व अनुसन्धान विभागको कार्यालय हरिहर भवनले मुद्दा दायर गरेको हो ।
उनीहरुविरुद्ध ४ करोड ६६ लाख १२ हजार ४६ रुपैयाँ बिगो मागदाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर भएको विभागकी प्रवक्ता कृष्णकुमारी श्रेष्ठले बताइन् ।

राजश्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन २०५२ को दफा ३ ले निषेधित कसुर गरेको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो ।

यसका साथै बिगोको शतप्रतिशत जरिवाना, भेप समेत जफत गर्नुपर्ने र दफा २३ ९१० ९ख० बमोजिम कैद समेत मागदाबी गरिएको छ ।

मुस्ताङको कोरला नाकाबाट नेपाल भित्र्याउने क्रममा घ्याचेलाई प्रहरीले पक्राउ गरेको थियो । भन्सार छलेर भेप छिराउने काममा कार्यालय सहयोगी टासीले घ्याचेलाई सहयोग गरेको आरोप छ ।

जसअनुसार टासीलाई मुख्य अभियुक्त घ्याचेलाई हुने सजायको आधा सजाय मागदाबी गरिएको छ । यो भेप ढुवानीमा प्रयोग भएको ग १ ख ६९९९ नम्बरको गाडी समेत जतफका लागि मागदाबी गरिएको छ ।

एक समूले ९५ कार्टुन भेप रसुवा नाकाबाट नेपाल भित्र्याउन खोजेको थियो । तर २० दिनसम्म होल्ड हुँदा समेत रसुवा नाकाबाट उक्त भेप नेपाल भित्र्याउन सम्भव नभएपछि उक्त समूहले मुस्ताङको कोरला नाकाबाट भेप भित्र्याएको थियो ।

यद्यपी मुस्ताङबाट राजस्व छलेर भेप भित्र्याउन लागिएको सूचना विभागले पाएको थियो । उक्त सूचनाको आधारमा मुस्ताङ प्रहरीले १९ हजार थान भेपसहित घ्याचे गुरुङलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu