ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपराष्ट्रपति पुनलाई प्रमाणपत्र प्रदान


admin
४ चैत्र २०७४, आइतबार   ८ : १४   बजे

काठमाडौँ, ४ चैत।  निर्वाचन आयोगले उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएका नन्दबहादुर पुनलाई प्रमाणपत्र प्रदान गरेको छ ।

उपराष्ट्रपतिको कार्यालयमा आज साँझ आयोजित एक समारोहमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले उपराष्ट्रपतिमा निर्वाचित हुनुभएका पुनलाई प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

सो समारोहमा आयोगका आयुक्त, सचिव तथा कर्मचारीको उपस्थिति रहेको थियो ।

‘निर्वाचन वर्ष’ कुशलतापूवर्क सम्पन्न गरेकामा बधाई 

प्रमाणपत्र ग्रहणपछि उपराष्ट्रपति पुनले ठूलो बलिदानपछि प्राप्त भएको नेपालको संविधान कार्यान्वयन गर्ने सम्बन्धमा उपराष्ट्रपतिको निर्वाचन अन्तिम भए पनि ऐतिहासिक भएको बताउनुभयो । उहाँले यस वर्ष नेपालको इतिहासमा निर्वाचनको वर्ष भएकाले त्यसलाई कुशलतापूर्वक सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवादसमेत दिनुभयो ।

उपराष्ट्रपति पुनले भन्नुभयो, “सबै निर्वाचन कुशलतापूर्वक सम्पन्न गरेकामा आयोगलाई म धन्यवाद दिन चाहन्छु । यो नेपालको इतिहासमा एउटा कोशेढुंगाका रुपमा स्थापित हुनेछ भन्ने मैले विश्वास लिएको छु ।”

एकै वर्षमा तीन तहको निर्वाचन स्म्पन्न गरेर इतिहास कायम गरेकाले आगामी दिनमा समेत यसले एउटा नमूनाको रुपमा काम गर्ने उहाँको भनाइ थियो । संविधान कार्यान्वयनको महत्वपूर्ण कार्यभार पूरा भएकामा खुसी व्यक्त गर्दै उहाँले अब नेपाल आर्थिक समृद्धि र विकासको चरणमा प्रवेश गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

निर्वाचन आयोगले आज मात्रै उपराष्ट्रपतिमा पुन निर्वाचित भएको घोषणा गरेको हो । उहाँको बाहेक अरुको उम्मेदवारी नपरेपछि उपराष्ट्रपति पुन पुनः दोस्रो कार्यकालका लागि उपराष्ट्रपतिमा निर्वाचित हुनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

Forging Cross-Himalayan Digital Corridors: Opportunities and Development Prospects of China–Nepal Digital Economy Cooperation

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group