ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘नेपाल लिटरेचर फेस्टिभल’ फागुन १५ देखि १८ सम्म पोखरामा


एबीसी न्यूज
१० फाल्गुन २०८१, शनिबार   १२ : ४१   बजे

काठमाडौं १० फागुन । नेपाल लिटरेचर फेस्टिभल–२०२५ को बाह्रौँ संस्करण यही फागुन १५ देखि १८ गतेसम्म पोखरामा हुने भएको छ । फेस्टिभलमा देश–विदेशका दुई सयभन्दा धेरै साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, पत्रकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्वको उपस्थिति रहनेछ ।

त्यस्तै ५० भन्दा बढी सेसनमा छलफल हनेछ । प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाको प्रवचनसँगै फेस्टिभल शुरु हुनेछ । अध्यात्म र सङ्घर्षमाथि मनीषा कोइराला र विजय कुमारको विशेष संवाद हुनेछ । प्रोजेक्ट सारङ्गीअन्तर्गत किरण नेपालीको नेतृत्वमा सामूहिक प्रस्तुति हुनेछ ।

त्यस्तै नेपाली सङ्गीतका पप–सम्राट ओमविक्रम विष्टको प्रस्तुति रहने छ भने साङ्गीतिक समूह ‘सोनागी ब्लुज’ले पनि फेस्टिभलमा प्रस्तुति दिनेछ । फेस्टिभल बाराहीघाट लेकसाइडमा हुनेछ । पोखरा महानगरपालिका प्रवर्द्धन रहेको फेस्टिभलमा गण्डकी प्रदेश सरकार सहप्रवद्र्धक छ ।

सन् २०११ देखि नेपाल लिटरेचर फेस्टिभल आयोजना हुन थालेपछि नेपालमा वार्षिक रूपमा दर्जनौँ साहित्यिक महोत्सव हुन थालेको फेस्टिभलका निर्देशक अजित बरालले बताउनुभयो । फेस्टिभलले ‘पब्लिक डिस्कोर्स’लाई बलियो बनाएको बरालको भनाइ छ ।

शुरूवातदेखि नै फेस्टिभलले अग्रज तथा समकालीन लेखकहरूको साथ सहयोग पाएको फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले बताउनुभयो ।

बाह्रौँ संस्करणसम्म आइपुग्दा नयाँ पुस्ताका साहित्यकार, लेखक तथा विचारकलाई प्रोत्साहन गर्ने उद्देश्यसहित मञ्च तयार पारेको आयोजक बुकवर्म फाउन्डेसनले जनाएको छ ।

फेस्टिभल आयोजक सदस्य एवम् पत्रकार भरत कोइरालाले इभेन्टहरूको शहर पोखरामा वर्षेनि हुँदै आएको लिटरेचर फेस्टिभलले शहरको संस्कृति र सभ्यता निर्माण थप योगदान पुर्‍याएको विश्वास व्यक्त गर्नुभयोे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

सम्बन्धित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu