ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाजुरामा बिहे भोज खान गएका युवकको हत्या, ३ जना पक्राउ


एबीसी न्यूज
१० फाल्गुन २०८१, शनिबार   १ : १३   बजे

काठमाडौं १० फागुन । बाजुरामा विवाहको भोज खान गएका युवकको हत्या भएको छ । बुढीगंगा नगरपालिका(८ मा विवाहको भोज खान गएका २७ वर्षीय रणबहादुर थापाको हत्या भएको प्रहरीले जनाएको छ । थापा बूढीगंगा नगरपालिका(९ का बासिन्दा हुन् ।

थापाको हत्यामा संलग्न तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बूढीगंगा नगरपालिका(७ का २२ वर्षीय दीर्घ विष्ट, २७ वर्षीय लोकेन्द्र खड्का र २५ वर्षीय खेमराज विष्ट रहेको बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी दिलीप गिरीले जानकारी दिए ।

उनकाअनुसार खड्कालाई साफेबगरबाट पक्राउ गरिएको हो भने अन्य दुई जनालाई गाउँमा लुकेको अवस्थामा समातिएको थियो । उनीहरुले बुढीगंगा नगरपालिका–८ का सन्तोष खड्काको बिहेमा भोज खाने क्रममा आपसमा विवाद हुँदा कुटपिट गरेर थापाको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिहेको भोजमा मादक पदार्थ सेवन गरेपछि उनीहरुबीच विवाद भएको थियो । पक्राउ परेका मध्येका दीर्घ विष्टले ‘आफूलाई सबै केटाहरुले दाइ भन्नुपर्छ’ भनेको निहुँमा विवाद भएको थियो । सोही क्रममा थापामाथि कुटपिट भएको थियो ।

थापाको शव परीक्षणका लागि जिल्ला अस्पताल मार्तडीमा राखिएको छ भने पक्राउ परेका तीनै जनाविरुद्ध कर्तव्य ज्यान शिर्षकमा किटानी जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu