ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्रियाशील सदस्यले प्रत्यक्ष नेतृत्व छान्ने व्यवस्थाले मात्रै गुट अन्त्य हुन्छ- महामन्त्री थापा


एबीसी न्यूज
१० फाल्गुन २०८१, शनिबार   ७ : २५   बजे

काठमाडौं १० फागुन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको केन्द्रीय नेतृत्व क्रियाशील सदस्यहरूको प्रत्यक्ष मतदानबाट चुनिने व्यवस्थामा जानुपर्ने बताएका छन् ।
सल्यान कांग्रेसको आज भएको जिल्ला सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले क्रियाशील सदस्यहरूको प्रत्यक्ष मतदानबाट नेतृत्व चुनिने व्यवस्थामा गए पार्टीभित्रको गुटबन्दी सदाका लागि अन्त्य हुने बताए ।
‘अहिले क्रियाशील सदस्यले आफूनजिकैको बुथमा गएर बुथ प्रतिनिधिलाई भोट हाल्छ । त्यहाँबाट चुनिएको प्रतिनिधिले त्यसमाथिको लागि हाल्छ, त्यसले माथि गर्दै महाधिवेशन प्रतिनिधि चुनिन्छ र उनीहरूले भोट हालेर केन्द्रीय नेतृत्व चयन हुन्छ,’ महामन्त्री थापाले भने, ‘यसलाई बदलेर लाखौँ क्रियाशील सदस्यले प्रत्यक्ष भोट हालेर सीधै केन्द्रीय नेतृत्व चयन गर्ने व्यवस्थामा जाने हो भने गुट त्यसै दिनबाट सदाको लागि अन्त्य हुन्छ ।’

उनले महाधिवेशनबाट चुनावमा जाँदा कुनै न कुनै समूहमा लाग्नैपर्ने, प्यानल बनाएर चुनाव लड्ने हुनाले पार्टीभित्र त्यो रोगको रूपमा फैलिएको बताए । पार्टी नेतृत्व प्रत्यक्ष निर्वाचनबाट सीधै चयन गर्न विधान संशोधनका लागि बहस गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

‘पार्टीभित्र गुट, समूह रहिरह्यो भनेर सबैले चिन्ता व्यक्त गरेका छन् । मलाई पनि चिन्ता छ । म पनि कुनै समूहसँग मिलेर महाधिवेशनमा लडेको हुन्छ, त्यसैले चाहँदा नचाहँदै पनि गुटबन्दी आउने रहेछ । यो रोगजस्तो भएको छ । यसलाई बदल्न सीधै चुनावमा जाऔं,’ महामन्त्री थापाले भने ।

त्यसरी नेतृत्व चयन गर्दा पार्टीमा नयाँ पात्र आउने, नयाँ प्रवित्ति ल्याउँछ र नयाँ बहसको सिर्जना हुने थापाले बताए । ‘त्यसो गर्न सकियो भने जो सबैको हुन खोज्छ, सबैका लागि राम्रो गर्ने प्रयास गर्छ, तिनै साथीलाई क्रियाशील सदस्यहरूले पार्टीको जिम्मा लगाउने अवस्था आउँछ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पोखराको सेती नदीमा निर्माणाधीन सिग्नेचर पुलको काम ७० प्रतिशत सम्पन्न

कांग्रेस सुस्ता सभापति जैसवालसहित ३ सयभन्दा बढी रास्वपामा प्रवेश

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu