ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जर्मन मतदाताहरू परिवर्तित विश्वको सामना गर्दै मतदानमा


एबीसी न्यूज
११ फाल्गुन २०८१, आइतबार   ४ : १०   बजे

युरोपले सास रोकेर हेरिरेहको छ, विश्वको तेस्रो ठूलो आर्थिक शक्ति र सबैभन्दा जनसंख्या भएको ईयू देशका चुनाव

काठमाडौं ११ फागनु । जर्मन मतदाताहरूले आज मतदान गरिरहेका छन् । तर यो चुनावी अभियान सुरु भएको केही हप्ताअघिको संसारभन्दा अहिले फरक भएको छ।

जर्मनीका लगभग ६ करोड मानिसहरूलाई शासन गर्ने एउटा नयाँ सरकार छान्दै गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा ट्रान्सएट्लान्टिक गठबन्धनको विघटन र युरोपेली सुरक्षामा नयाँ खतराहरूसँग जुध्नुपर्नेछ । यसतो समयमा देशको प्रशंसित आर्थिक मोडल समेत संकटमा परेको छ।

यस अघिका मत सर्वेक्षणहरू सही भएमा त्यो प्रशासनको नेतृत्व गर्ने व्यक्ति कन्जर्भेटिभ विपक्षी नेता फ्रेडरिक मर्ज हुनेछन्, । मर्ज एक कर्पोरेट वकिल हुन् । उनले सकारी राजकीय सेवामा कहिल्यै काम गरेका छैनन् ।
उनको कार्यभार विशाल हुनेछ। ‘ठूला अपेक्षाहरूले उनले चान्सलर बनेको पहिलो दिनदेखि सामना गर्नुपर्ने ठूला चुनौतीहरूलाई प्रतिबिम्बित गर्छ,’ समाचार साप्ताहिक डेर स्पिगलले लेखेको छ । ‘आक्रामक रुस, शत्रुतापूर्ण अमेरिका र टुक्रिंदै गएको युरोपः मर्ज युद्धपछिको गणतन्त्रको कुनै पनि चान्सलरभन्दा कठिन परीक्षामा पर्न सक्छन्।’

मर्जले हालै स्वीकार गरे अनुसार ट्रम्पको युरोपेली रक्षा प्रतिबद्धताहरूको प्रभावकारी परित्याग र उनको उपराष्ट्रपति जे.डी भ्यान्सको दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी एफडी प्रतिको आक्रामक समर्थनले ‘विश्वको राजनीतिक र आर्थिक शक्ति केन्द्रहरूमा टेक्टोनिक परिवर्तनहरूू को संकेत गरेको छ।

ट्रम्पको नाटोलाई कमजोर बनाउने र युक्रेनको विश्वासघात ूपेटमा कडा प्रहारू हो, बाभेरियाको एकेडेमी फर पोलिटिकल एजुकेसन थिंकट्यांककी निर्देशक उर्सुला म्युन्चले टिप्प्णी गरेको द गार्डियनले लेखेको छ। मर्ज नेतृत्वको क्रिस्चियन डेमोक्र्याटिक युनियन का लागि, ‘संयुक्त राज्यसँग एकता र मित्रता गहिरो रूपमा संकटमा पर्ने खतरा देखिएको छ।’जर्मनीको सबैभन्दा ठूलो चुनौती ईयू र यूकेको संयुक्त शक्ति प्रदर्शन जुटाउनु हुनेछ।’

विश्वको तेस्रो ठूलो आर्थिक शक्ति र सबैभन्दा जनसंख्या भएको ईयूको देश जर्मनी, मर्जका पूर्ववर्ती नेतृ र लामो समयकी प्रतिद्वन्द्वी एन्जेला मर्केलको अस्पष्ट विरासतसँग पहिलेदेखि नै संघर्ष गरिरहेको थियो।

उनको १६ वर्षको चान्सलर कार्यकाल सस्तो रुसी ग्यास, चीनसँग तीव्र व्यापार र वाशिङ्टनको सैन्य र गुप्तचर शक्तिमा निर्भरता जस्ता कुराले चिनिन्थ्यो । मर्केलको नीतिले जर्मनीलाई आफ्नो उत्कृष्ट कार्य—कार र मेसिन औजारहरू उत्पादन गर्दै ईयूलाई एकजुट राख्न—मा केन्द्रित गराउन सफल मानिन्छ ।

मर्केलका उत्तराधिकारी ओलाफ शोल्जले डिसेम्बर २०२१ मा लामो समयदेखि बेवास्ता गरिएका समस्याहरूमा नयाँ दृष्टिकोणको आशासहित आफ्नो केन्द्र–वाम सोसल डेमोक्र्याट्स, व्यापार–समर्थक फ्री डेमोक्र्याट्स र पर्यावरणवादी ग्रीन्स पार्टी समेतको प्राविधिक ‘ट्राफिक लाइटू’गठबन्धनसहित पद सम्हाल्न आइपुगेका थिए । तर केही हप्तापछि, रुसको युक्रेनमाथिको पूर्ण–स्तरीय आक्रमणले शोल्जको ‘प्रगति गठबन्धन’ को उत्कृष्ट योजनाहरूलाई स्थायी रूपले ध्वस्त पारिदिएको हो ।

युद्ध सुरु भएको केही दिनमै, शोल्जले टर्निंग प्वाइन्ट घोषणा गर्दै जर्मनीको कमजोर सैन्य उपकरण भण्डार बढाउन १०० अर्ब युरो को कोष स्थापना गरे र जिडीपी को २प्रतिशत नाटोको रक्षा खर्च पूरा गर्ने प्रतिबद्धता गरेका थिए । २०२४ सम्ममा, उनले यो वाचा पूरा गरेका थिए।

तर रुसी ऊर्जा आपूर्तिको रोकावटले मूल्य बृद्धि हुँदा उनको सरकारमाथि खटपट भइरह्यो । शोल्जको सरकारले नयाँ इन्धन स्रोतहरू खोज्न र नवीकरणीय ऊर्जालाई प्रोत्साहन गर्न हतार गरेको विश्लेषण भइरहेको छ ।

यसबीचमा, चीनले जर्मन सवारी साधनहरू किन्न छोडेर सस्ता मोडलहरू, विशेष गरी इभी क्षेत्रमा प्रतिस्पर्धा गर्न थालेपछि पनि जर्मनीला थप चाप परेको थियो ।

युरोपले सास रोकेर हेरिरेहकोछ, विश्वको तेस्रो ठूलो आर्थिक शक्ति र सबैभन्दा जनसंख्या भएको ईयू देशका चुनाव

हालैको टेलिभिजन बहसमा मर्केलसँग शक्ति संघर्ष पराजय भएपछिको १२ वर्षसम्म राजनीतिबाट व्यापारमा गएका मर्जले शोल्जको सरकारलाई दुई वर्षको मन्दीपछि आर्थिक ‘अक्षमता’ को आरोप लगाएका थिए । शोल्जले जवाफ फर्काए ‘मैले युक्रेनमाथि आक्रमण गरेको होइन! ‘गार्डियनले उल्लेख गरेको छ ।

शोल्जको गठबन्धन गत नोभेम्बरमा—ट्रम्पले अमेरिकी निर्वाचन जितेको केही घण्टामै—संघीय सरकारको वार्षिक उधारो जीडीपीको ०.३५ प्रतिशतमा सिमीत राख्ने कडा ‘ऋण ब्रेक’ को नसुलझिएको पहेलीका कारण ढल्न पुग्यो । गठबन्धन सरकार ढलेपछि सामान्य निर्वाचन समयको सात महिना अगाडि नै चुनाव गर्नु परेको हो ।

तर शोल्जको राजनीतिक अशान्तिको युग चाँडै सुनौला दिनहरू जस्तो देखिन सक्छ।

बर्लिनले नाजी अत्याचारपछि देशलाई राष्ट्रहरूको समुदायमा फर्काउने युद्धपछिको व्यवस्था समाप्त भएको पीडादायी बोधको सामना गर्नु पर्ने विश्लेषकहरुले औंल्याइरहेका छन् ।

‘नवीनतम विकासमा सबैभन्दा ठूलो पराजित देश जर्मनी हो, यसको आर्थिक शक्ति संकुचन भएको छैन, तर जर्मन राजनीतिज्ञहरूले ट्रान्सएट्लान्टिक सम्बन्धमा अन्तसम्म बिना शर्त भरोसा गरे,’ को भन्दै डाइ जाइट अखबारमा लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group