ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णालीमा ‘तरल नाइट्रोजन प्लान्ट’ भवनको शिलान्यास


एबीसी न्यूज
१२ फाल्गुन २०८१, सोमबार   ११ : ५८   बजे

काठमाडौं १२ फागुन । कर्णाली प्रदेश सरकारले बनाउन लागेको ‘तरल नाइट्रोजन प्लान्ट’ भवनको सोमबार शिलान्यास गरिएको छ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विनोृदकुमार शाहले भवनको शिलान्यास गरेका हुन्।

पशुको वीर्य भण्डारण तथा कृत्रिम गर्भाधानको उद्देश्यले कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले भवन बनाउन लागेको हो।

मन्त्रालय मातहतको कार्यालय पशुपन्छी विकास निर्देशनालयको परिसरमा ‘तरल नाइट्रोजन प्लान्ट’ स्थापनाका लागि भवन निर्माण थाल्न लागिएको हो।

प्लान्ट स्थापनापछि गाई, भैँसीको नश्ल सुधार, उच्च गुणस्तरका पाडा र बाच्छा उत्पादन हुने अपेक्षा गरिएको छ।

मन्त्रालयले गत आर्थिक वर्षमा ४० लाखका विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० बनाएर काम अगाडि बढाएको थियो।

सोहीअनुसार चालु आर्थिक वर्षमा ४ करोड ८५ लाख बजेट विनियोजन गरेर कर्णाली प्रदेशमा प्लान्ट बनाउन लागिएको हो।

‘तरल नाइट्रोजन प्लान्ट’ स्थापनाबाट प्रदेशलाई दूधमा आत्मनिर्भर बनाउनलगायत उन्नत जातका पाडारबाच्छा उत्पादनमा टेवा पुग्नेछ।

पहिला प्रदेश बाहिरबाट आयत गर्दै आएको पशुको वीर्य कर्णालीमै ‘तरल नाइट्रोजन प्लान्ट’को स्थापनापछि पशुको वीर्य भण्डारण तथा कृत्रिम गर्भाधान नश्ल सुधारका लागि सहज हुने भएको छ।

मन्त्रालयका मन्त्री विनोदकुमार शाहले बाहिरबाट खरिद गरेर ल्याइएका उच्च जातका राँगा र साँढेको जमेको वीर्यलाई सुरक्षित राख्न र कृत्रिम गर्भाधान प्रक्रियामा प्रयोग गर्न प्लान्ट सहयोगी हुने बताए।

उनका अनुसार दूध र मासु उत्पादनका लागि कृत्रिम गर्भाधानमार्फत नश्ल सुधार प्रभावकारी हुनेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group