ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्लाहीमा स्रोत नखुलेको ५१ लाख रुपैयाँसहित एक जना पक्राउ


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ५ : ०५   बजे

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिर अगाडिबाट स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले भेल्हीबाट बयलबासतर्फ जाँदै गरेको ज १० प ८६५२ नम्बरको स्कुटर रोकेर जाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको हो।

प्रहरीका अनुसार स्कुटरको डिकी, अगाडिको फुटबोर्ड तथा चालकले बोकेको कालो झोलाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा रकम फेला परेको थियो।

बरामद रकममा एक हजार रुपैयाँ दरका ३ हजार ५ सय थान, पाँच सय रुपैयाँ दरका ३ हजार १०८ थान, एक सय रुपैयाँ दरका ७ सय थान र ५० रुपैयाँ दरका २ सय थान नोट रहेका छन्।

प्रहरीले नियन्त्रणमा लिन खोज्ने क्रममा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालक महोत्तरीको गौशाला नगरपालिका–१२ का ५७ वर्षीय जगन्नाथ महतो कोइरी घाइते भएका छन्।

प्रहरीका अनुसार कोइरीको प्रादेशिक अस्पताल मलङ्गवामा सामान्य उपचारपछि थप उपचारका लागि म्याक्स अस्पताल मलङ्गवा लगिएको थियो। उनको अवस्था हाल सामान्य रहेको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिने क्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी सहायक हवल्दार राजेशकुमार यादव र प्रहरी जवान रामचन्द्र यादव पनि सामान्य घाइते भएका छन्। उनीहरूको प्रादेशिक अस्पताल मलङ्गवामा उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद रकम, स्कुटर र पक्राउ परेका कोइरीलाई नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

रकमको स्रोत तथा ओसारपसारको उद्देश्यबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सडक निर्माणमा जग्गाधनीलाई मुआब्जा अनिवार्य: सर्वोच्च अदालतको फैसला

कोसी सरकारबाट कांग्रेस बाहिरियो, एमाले–नेकपाबीच नयाँ सत्ता समीकरणको तयारी

सम्बन्धित

गाँजा खरिदको पैसामा विवाद हुँदा वृद्धाको हत्या, आरोपी पक्राउ

सम्पत्ति शुद्धीकरण मुद्दामा दीपक भट्ट र शुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा

प्राकृतिक स्रोतको सम्भावना उपयोग गर्न नीतिगत सुधार आवश्यक : सांसद अधिकारी

एनसेल शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक, अफसोर कारोबारमा प्रश्न (पूर्णपाठ)

काठमाडौंमा पोर्चुगल कन्सुलर कार्यालय खोल्ने निर्णय, एनआरएनए पोर्चुगलद्वारा स्वागत

एनसेल सेयर खरिदबिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu