ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिवरात्रिका अवसरमा ५ लाख दर्शनार्थी आउने काेषकाे अनुमान, मेलामा काँच र प्लास्टिक प्रतिबन्ध


एबीसी न्यूज
१२ फाल्गुन २०८१, सोमबार   ७ : ०६   बजे

काठमाडौं १३ फागुन । पशुपति क्षेत्र विकास कोषले यस वर्ष शिवरात्रिमा पशुपतिनाथ क्षेत्रमा झन्डै ५ लाख दर्शनार्थी आउने अनुमान गरेको छ । कोषले आज पत्रकार सम्मेलन गरेर महाशिवरात्री अर्थात् आउँदो बुधवार झन्डै पाँच लाख दर्शनार्थी आउने अनुमानसहित तयारी गरेको जानकारी गराएको हो ।

यस्तै मेला व्यवस्थापनका लागि एक करोड ५० लाख रुपैयाँ खर्च हुने कोषको अनुमान छ । कोषले पशुपति क्षेत्रको सजावटसहित मेलामा आएका साधुसन्तको खानरबस्न खर्च तथा दक्षिणालगायत व्यवस्थापनमा खर्च हुने जनाएको छ ।

महाशिवरात्रिको तयारी गर्न कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा मूल समारोह समिति गठन भएको छ । यस्तै मूल समिति अन्तर्गत रहने गरी १० वटा उपसमिति पनि गठन भएको कोषले जनाएको छ ।

मेलाका लागि पशुपतिनाथको क्षेत्रमा सजावटको काम भइरहेको छ । शिवरात्रिका दिन पशुपति क्षेत्रमा झन्डै सात हजार जना प्रहरी परिचलन गर्ने तयारी छ । त्यसैगरी निर्धारित दर्शनमार्गहरूलाई लक्षित गरी सीसीटीभी क्यामेरा जडान गर्ने कोषले जनाएको छ । महाशिवरात्रिमा पशुपति क्षेत्रमा ४१ वटा संस्थाका चार हजार जना स्वयंसेवक परिचालन हुनेछन् । ट्राफिक प्रहरी महाशाखाको सहयोगमा निश्चित ठाउँमा पार्किङस्थलहरूको पनि व्यवस्था गरेको कोषले जनाएको छ ।

कोषले महाशिवरात्रिमा पशुपतिनाथ क्षेत्रभित्र आवासरभोजन वितरण गर्ने संस्थाहरूलाई काँच र प्लास्टिकबाट बनेका कप, प्लेट प्रयोग गर्न रोक लगाउने निर्णय गरेको छ । त्यस्ता संस्थाहरूलाई कागज, पातलगायतबाट बनेका कप, प्लेट मात्रै प्रयोग गर्न भनेको पत्रकार सम्मेलनमा प्रचारप्रसार समिति संयोजक राजु खत्रीले जानकारी दिनुभयो ।

पशुपति क्षेत्रमा साधुसन्त आउने क्रम चलिरहेको छ । कोषले भोलिदेखि १६ गतेसम्म पशुपति क्षेत्रमा विशेष सरसफाई अभियान पनि सञ्चालन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu